सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कुखुराका चल्लालाई न्यानो बनाउन हिटर बालेर सुतेका एक जनाकोे निसासिएर मृत्यु !!

127
Sana Kishan

बैतडीमा हिटर बालेर सुतेका १ जनाकोे निसासिएर मृत्यु भएको छ । कुखुराका चल्लालाई न्यानो बनाउन हिटर बालेर सुतेका एक जनाको निसासिएर मृत्यु भएको छ भने एक जना बेहोस भएका छन् ।

मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–३ पुडिलका अन्दाजी ३५ वर्षीय राजसिंह साउँद रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै बेहोस हुनेमा राजसिंहकै भतिजी २० वर्षीया सरिता रहेकी प्रहरीले जनाएको छ ।

Arus
Karnali Traders

बुधवार राति बन्द कोठा भित्रै हिटर बालेर सुतेका दुवैजना बिहीवार बिहान बेहोस अवस्थामा फेला परेका मृतकका दाइ चन्द्र साउदले जानकारी दिए । राजसिंहको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा पाटन नपुग्दै मृत्यु भएको हो ।

Nepali Khaja

सरितालाई भने उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । मृतक राजसिंहको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको साउँदले बताए । (manasakhanda बाट सभार)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.