आज शिवरात्री होइन, महाशिवरात्री हो। शिवरात्री अर्थात “भगवान शिवको रात” त प्रत्येक चन्द्र महिनाको १३औं अथवा १४औं दिन (आधा चंद्रचरणको कालो रात)मा हुने गर्छ तर वैदिक फागुन महिनामा आजको दिन हुने शिवरात्रीलाई त महाशिवरात्री भनेर भनिंछ। भगवान भोले वावा शंकरको प्रिय रात हो।
एकजना पापी शिकारीले महाशिवरात्रीको दिन अनायसै चाहना वेगैर शिवलिंगको रातभरी आराधना गरेकोले मात्र अर्को जन्ममा त्यो पापी व्याधा राजा चित्रवाहु भएर जन्म्यो। राजा चित्रवाहु पूर्वजन्ममा पापी व्याधा थियो। एकपटक हरिणको शिकार गरी फर्कदा रात पर्यो। हरिणलाई त्यही रूखमा बाँधि रूखमा वाल–वच्चा श्रीमतीको याद गर्दै भोक–प्यास सहीत रुदै, समय कटाउन रूखको पात टिप्दै भुईमा फाल्दै रात काट्यो। मृत्युपछि त्यो पापी व्याधाको नयाँ जन्म राजा चित्रवाहुको रूपमा भयो। कुरा के रहेछ भने त्यो रूखमा काटेको रात महाशिवरात्रीको दिन परेको रहेछ भने चढ़ेको रूख वेलको रूख रहेछ। त्यही रूखको फेदमा शिवलिंग रहेछ। रुदा शिवलिंग पखालिन गै पात टिपी फ्याक्दा शिवलिंग माथि पर्दो रहेछ अनि भोक–प्यासले रात काटेकोमा उपवास पनि हुन गएछ।
वास्तबमा भगवान भोलेबाबा शंकर माता झै हुनुहुंछ भने भगवान श्रीकृष्ण पिता झै हुनुहुंछ। वालकले ढिपी गरी घातक वस्तु जस्तै चक्कु नै खेल्न माँगेपनि कोमल हृदयकी माताले मोहवश दिन्छिन तर पिता वालककै हितको लागि अलि कठोर भै चक्कु जस्तो घातक वस्तु वालकलाई खेल्न सकेसम्म मनाही गर्छ। त्यस्तै भोले बाबा शंकरको भित्री ईच्छा भक्त यस दुखालयबाट मुक्त होस भन्ने भएता पनि भोले भएकैले भक्तले चक्कुरूपी हानिकारक सांसारीकता नै माँगेपनि माता झै दिनुहुंछ तर भगवान श्रीकृष्ण पिता झै सकेसम्म भक्तले वैराग्य नै कमाओस र एकदिन सधै मृत्युलोकको दुखालयबाट मुक्त होस भनि अलि कड़ाई गर्नुहुंछ।
रामभक्त र रामायण रचयिता तुलसीदास भन्नुहुंछः
“शंकर भजन बिना नर भक्ति न पाए मोर
औरो एक गुप्तमत सबही कहउ कर जोर”
–तुलसी दास
अर्थात
“शंकरको भजन बिना श्रीकृष्ण भक्ति पाउन सम्भव छैन।”
तपाई भोले बाबा शंकरको भक्ति सांसारिकता पाउन गर्नुहोस, भोले बाबा त्यही दिनुहुंछ। तपाई भोले वावा शंकरको भक्ति आध्यात्मिक उन्नतिको लागि गर्नुहोस, भोले बाबा तपाईलाई श्रीकृष्णकहाँ पठाउनुहुंछ।
“एक गरीव व्रम्हण भगवान शिवको आध्यात्मिक उन्नतिको लागि सधै आराधना गर्थ्यो। भगवान शिव प्रकट भै ब्रम्हणलाई गौडÞिया वैष्णब श्री सनातन गोश्वामीलाई भेंट गर्न आज्ञा गर्नुभयो। आज्ञा अनुरूप सो ब्रम्हण श्री सनातन गोस्वामीलाई भेटी वृत्तान्त सुनायो। श्रीसनातन गोस्वामीसंग मणि थियो जसले फलाम छुवाउँदा फलाम सुन बन्थ्यो।भौतिक उन्नतिलाई आध्यात्मिक उन्नतिको वाधा देखेका श्री सनातन गोस्वामीले त्यस्तो मणिलाई फोहोरको थुप्रोमा राख्थे। भगवान शिवले त्यही मणि यस ब्रम्हणलाई दिनु भनेको बुझि मणि ब्रम्हणलाई दिएर पठाउँछन। मणि प्राप्त गरी ब्रम्हण भौतिक सुखमा रम्छ तर सुख प्राप्त नभएकोले पुनः सनातन गोस्वामीकहाँ जांछ र त्यस्तो अमूल्य मणिलाई पनि फोहोरको थुप्रोमा राखेको कारण सोध्छ। श्रीसनातन गोस्वामी भंछन “भोले वावाले दिन खोजेको वास्तबिक सुख चाहंछौ?”, ब्रम्हणले “हो चाहंछु” भनेपछि “त्यसोभए मणि खोलामा फ्याकीदिनु भनि अर्हाउँछन”। ब्रम्हण त्यही गर्छन। अनि श्रीसनातन गोस्वामी ब्रम्हणलाई “श्रीकृष्ण शरणमा गै श्रीकृष्ण भक्ति गर्न” निर्देशन दिन्छन। ब्रम्हणले बल्ल सुख प्राप्त गर्छन, आत्मिय सुख। भोलेबाबा शंकरलाई लाख लाख धन्यवाद दिन्छन।”
– श्रील प्रभुपादको श्रीमद भागवतम ४–७–७ को व्याख्या
भगवान श्रीकृष्ण भोलेबाबा शंकरलाई औधि माया गर्नुहुंछ। ब्रह्मवैर्वत पुराण, अध्याय ३६, श्लोक १०९,११० मा भगवान श्रीकृष्ण राधारानीलाई भन्नुहुंछः
“शंकरः परमात्मा मे प्राणेभ्योऽपि परः शिवः।
त्र्यम्बके मन्मनः शव्श्र प्रियो मे भवात्परः।।
न संवसामि गोलोके वैकुण्ठे तव वक्षसि।
सदाशिव हृदये निबध्द प्रेमपाशतः।।”
–ब्रह्मवैर्वत पुराण, अध्याय ३६, श्लोक १०९,११०
अर्थात
“शिव मेरो प्राणभन्दा पनि ठुलो हुनुहुन्छ , मेरो मन त्यस त्रिलोचनमा सधैं लागेको हुन्छ, भगवान शिवभन्दा प्रिय मेरो कोही छैन। राधे ! म गोलोक, वैकुण्ठलोक र तिम्रो हृदयमा पनि बाँस गर्दिन। म त सधैं शिवको प्रेमपाशमा बाधिएर उहाँ कै हृदयमा बाँस गर्छु ।”
यस्तै विष्णु पुराणमा भगवान श्रीकृष्ण भोलेबाबा शंकरलाई भन्नुहुंछ।
“मत्तोकबिभिन्नमात्मानाम द्रष्टुमर्हसि शंकर
–विष्णु पुराण ५–३३–४७
अर्थात
“हे शंकर मलाई फरक आत्मा नसम्झनु।”
फेरी भोले बाबा पनि भगवान श्रीकृष्णका प्रेमी हुन।
भागवत भंछः
“वैष्णवभानाम यथा शम्भो”
–भागवत १२–१३–१६
अर्थात
“वैष्णबहरूमा सबैभंदा ठूला शम्भु हुन।”
भगवान श्रीराम रामेश्वरममा शिबलिंगको स्थापना गरी भोलेवावाको आराधना गर्नुहुंछ भने श्रीकृष्ण–रासलिलामा भाग लिन भोलेबाबा शंकर पनि गोपी बनि जानुहुंछ जुन गोपेश्वर महादेवको नामले प्रख्यात छ।
भोले बाबालाई चाडै प्रसन्न हुने आशुतोष भनेर पनि भनिंछ। वहां यति भोले छन की एक चोरले शिवलिंग माथि नै चढ़ी भगवानको घण्टी चोर्ने प्रयास गर्दा जे कुराको पनि सकारात्मक पक्ष देख्ने भोलेबाबाले “यसले त आफुले आफैलाई मलाई अर्पण गर्यो” भन्ने ठानी प्रकट भै वरदान माग्न पो आग्रह गर्नुभयो। आफ्ना भक्त रावणले पत्नी पार्वती नै माँग्दा “लिएर जाऊ” भनिदिए।
समुन्द्र मंथनको समयमा निक्लेको विष सृष्टिको जीव–सुखको लागि पान गरी आफ्नो कण्ठमा धारण गर्नुभयो। हामी सबै जीवको सुरक्षाको लागि अहिले पनि त्यो विषले वहाँलाई पीडा हुंछ तर बाबा सहेर हाम्रो सुखको खयाल मात्र गर्नुहुंछ। पुतनाले कालकूट विष खुवाउँदा भगवान श्रीकृष्णले भोले बाबालाई स्मरण गरी बोलाउनु भयो, त्यो विष पनि बाबा शंकरले पान गरीदिए। यस्ता छन मेरो बाबा।
(gnewsnepal बाट सभार)