

महेन्द्रनगर । धनगढी सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ब्यानर राखिएको छ ।
बुधबार धनगढीस्थित चटकपुरमा रहेको प्रदेश पार्टी कार्यालयको बोर्डबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मेटाई बोर्डमा एमालेको ब्यानर राखिएको हो ।

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको हो ।


धुम्बाराही पार्टी कार्यालयबाट मंगलबार देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । सोहीक्रममा प्रदेश पार्टी कार्यालयमा पनि एमालेको ब्यानर राखिएको हो ।
(bikalpadainik बाट सभार)
