सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चितुवाको आक्रमणबाट बैतडीमा एक महिला घाइते !!

बैतडी- बैतडीमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ सेला गाउँ बस्ने धनबिरसिंह साउदकी करिब ४२ बर्षिया श्रीमती जानकी साउद चितुवाको आक्रमणबाट घाइते भएकी हुन् ।

घर नजिकैको जंगलमा गोरु बाख्रा चराउन गएकी साउँद चितुवाले मंगलबार दिउंसो करिब १ः३० बजेको समयमा आक्रमण गरि घाइते बनाएको वडा अध्यक्ष आन्नद सिहँ बोहराले जानकरी दिुनभयो ।

Sana Kishan

जंगलमा चितुवाले बख्रालाई आक्रमण गरेको र बाख्रा बचाउने क्रममा साउदलाई आक्रमण गरेको बताइएको छ । बाख्रा बचाउने बेला चितुवाले आक्रमण गरी चिथोरेको र दुवै खुट्टाको पछाडि घाउ रहेको बताइएको छ ।

World Link Ads
Mahakali Polytechnic

महिलालाई आक्रमण गर्ने बितिक्कै गाउँलेहरूले होहल्ला गरेपछि चितुवा भागेको थियो। चितुवाको आक्रमणबाट घाइते साउदलाई उपचारका लागि डडेल्धुरा लगिएको वडा अध्यक्ष बोहराको भनाई छ ।

 

(रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.