सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संसदको हालत हेर्नुस् त, पहिलो गासमै झिँगा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो दिनको बैठकमा भएको बहिस्कार र नाराबाजीलाई पहिलो गासमै झिँगा भनी टिप्पणी गरेका छन् ।

आइतबारको संसद बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै नेकपाको प्रचण्ड–माधव समूहले बहिस्कार गरेको थियो भने विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले रोष्टम घेराउ गरेर नाराबाजी गरेको थियो ।

प्रधानमन्त्री ओलीले भने यसलाई गजबको सेटिङ भनेका छन् । ‘कोही कुदेर बाहिर निस्किए, कहाँ हिँडेका हुन् ? के हतार थियो थाहा छैन । केहीले बेल घेरेर नारा लगाए’ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भने, ‘संसदको हालत हेर्नुस् त, पहिलो गासमै झिँगा भने जस्तो ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै हुन्छ भनेर आफूले संसद विघटन गरेको उनले बताए । ‘दुर दिन देख्नु थियो पुनर्स्थापना भयो’ भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कमसेकम मेरै मेख मार्न पनि हिजो त चुप लागेर बस्नु पर्थ्यो । हामीले मुद्दा लडेर जितेपछि यति शान्त भएर चल्छ भनेर देखाउनुपर्थ्यो ।’

Dirghayu Ads

तर पहिलो दिन नै बेल घेराउ गरेर नारा लगाएको भन्दै ओलीले भने, ‘के बिग्रियो भन्दा एसिड आक्रमणविरुद्धको अध्यादेश सरकारले टेबल गर्न आँट्यो । सक्छौ भने फेल गरे भइगो नि । फेल गर्ने आँट कसैको छ ? छैन । मन पनि परेको छैन, फेल गर्ने आँट पनि छैन । त्यसकारण अध्यादेश पेश गर्न पाइँदैन भनेर नाराबाजी ।’

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रचण्ड माधव समूहले बैठक बहिस्कार र कांग्रेस जसपाले नाराबाजी गरेको थियो, तर प्रधानमन्त्रीले एसिड आक्रमणविरुद्धको अध्यादेशमा सरकारको विरोध गरेको भनिदिएका छन् । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.