सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा मृगौला पीडीतको परिवारलाई आर्थिक सहयोग !!

बैतडीमा मृगौला पीडीतको परिवारलाई आर्थिक सहयोग गरिएको छ । दशरथचन्द नगरपालिका वडा नं ३ टाकगाउँ घरभइ हाल काठमाडौँको टिचिङ हस्पीटलमा उपचारारत चन्द्रे नाथको परिवारलाई दशरथचन्द नगरपालिका , दनपा वडा नं ३ को कार्यालय र बालिचन धार्मिक तथा समाजिक क्षेत्र विकास कोषले ३५ हजार सहयोग गरेको प्रेस युनियन बैतडीका कोषाध्यक्ष धनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सोमबार नारी दिवसको अवसर पारेर दशरथचन्द नगपालिकाबाट प्राप्त २५ हजार , वडा नं ३ को कार्यालयबाट प्राप्त ५ हजार र बालिचन धार्मिक तथा समाजिक क्षेत्र विकास कोषबाट मिलेको ५ हजार गरि ३५ हजार रकम बिरामि नाथकी श्रीमतीलाई हस्तान्त्रण गरिएको उहाँँले बताउनुभयो ।वडा नं ३ का अध्यक्ष दाम बहादुर क्षेत्रीले सोमबार नारीदिवसका दिन घरमै गएर सहयोगार्थ उठेको रकम हस्तान्त्रण गरेका हुन ।

Sana Kishan

दुई वर्ष देखि मुटुरोगबाट ग्रसीत नाथको अहिले फेरी मृगौलामा समस्या देखिएपछि काठमाडौँको टिचिङ हस्पीटलमा उपचार भइरहेकाले उपचारमा राहत मिलोस भनेर सहयोग गरिएको दशरथचन्द नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दाम बहादुर क्षेत्रीले बताउनुभयो । वडा नं ३ को पहलमा उठेको उक्त रकमले नाथको उपचारमा केही सहयोग पुगने विश्वास गरिएको छ।  रेडियो बैतडी बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.