सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भ्यान दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव ल्याउन खर्च नहुँदा ढिलाइ !!

भारतको ग्वालियरमा सडक दुर्घटनामा मृत्यु भएका नेपालीको शव तीन दिन बित्दासमेत स्वदेश ल्याउन सकिएको छैन ।

बिहीबार ग्वालियर नजिकै भिन्ड नेसनल हाइवेमा भएको दुर्घटनामा दुल्लु नगरपालिका–६, खर्चेगैराका दम्पतीसहित चार जनाको मृत्यु भएको थियो ।

Sana Kishan

मृत्यु हुनेमा ५० वर्षीय कालो रावल, उनकी ४० वर्षीया श्रीमती सुर्जा, भतिजा १८ वर्षीय टोपेन्द्र र सोही गाउँका ३७ वर्षीय तिलक जीसी छन् । रावल दम्पतीका जेठा छोरा प्रकाशसहित ७ जना घाइते छन् ।

World Link Ads
Mahakali Polytechnic

रावलका भतिज कृष्णका अनुसार बिहीबार बिहान करिब ५ बजेतिर विपरीत दिशाबाट गएको ट्रकले ठक्कर दिँदा भ्यान दुर्घटना भएको हो । उनीहरू भ्यान रिजर्भ गरेर फर्किरहेका थिए । दुल्लु नगरपालिका–६ का वडाध्यक्ष बखतबहादुर खड्काले शव ल्याउन स्थानीय सहकारी संस्थाबाट ऋण र गाउँलेबाट सापटी मागेर पठाइएको बताए ।

 

Dirghayu Ads

(कान्तिपुरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.