सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार कञ्चनपुर निर्माण संघका अध्यक्ष प्रेम प्रकाश भट्टको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा नेपाल निर्माण व्यवसायी संघका केन्द्रिय अध्यक्ष रवी सिंह प्रमुख अतिथि रहेका थिए । साधारणसभामा बार्षिक प्रतिवेदन संघका महासचिव राजेन्द्र चन्दले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन प्रस्तुत संघका कोषाध्यक्ष रविन्द्र केसीले गरेका थिए ।
प्रमुख अतिथि निर्माण व्यवसायी संघका केन्द्रिय अध्यक्ष रवी सिंहले देशको राजनितिक व्यवस्था अनुरुप निर्माण व्यवसाय पनि अप्ठेरोमा परेको बताउदै हरेक परिस्थितीमा निर्माण व्यवसायीको पेशागत हकहितको लागि कटीबद्ध हुने बताए ।

Sana Kishan

त्यसैगरी केन्द्रिय बरिष्ठ उपाध्यक्ष निक्लोस पाण्डेय, टेक बहादुर सेठी, महासचिव रोशन दाहाल, उपमहासचिव टेक प्रसाद चौलागाई लगायत निर्माण व्यवसायी संघ सुप प्रदेश पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
संघका महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेका दुवै प्रतिवेदन २४ औँ साधारण सभाको बन्दसत्रबाट सर्वसम्मतिमा पारित भएका छन ।

World Link Ads
Mahakali Polytechnic

सभामा उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य संघका अध्यक्ष प्रेम प्रकाश भट्टले राखेका थिए । साधारण सभामा कार्यक्रमको सहजीकरण संघका देव बहादुर चन्दले गरेका थिए । डी.वी. बोहराले नयाँ खवर अनलाईनमा  लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.