सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ढुंगाले लागेर दुई मजदुरको मृत्यु !!

Far weast coaching ad
151
Sana Kishan

ताप्लेजुङः ताप्लेजुङमा निर्माणाधिन ७३ मेगावाटको मिडिल तमोर जलविद्युत आयोजनाको सुरुङमा काम गर्ने दुईजना मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ ।

उदयपुरका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाको शनिबार दिउँसो मृत्यु भएको हो ।

Arus

आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमका अनुसार शनिबार दिउँसो सुरुङ खन्ने क्रममा ढुंगाले लागेर उनीहरुको मृत्यु भएको हो । ‘सुरुङ निर्माण गर्ने क्रममा सपोर्ट लगाइरहेको समयमा माथिबाट लडेको ढुङ्गाले लागेर घटनास्थलमै मृत्यु भएको हो’
आयोजनाका भुगर्भविद् सूर्य लिम्वूले बताए ।

Karnali Traders

मिक्वाखोला गाउँपालिका–२ को थुम्वाबाट फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनतर्फ सुरुङ खन्ने क्रममा दुर्घटना भएको हो । सँगै काम गरिरहेका अरु कामदार भने सकुशल रहेको लिम्बूको भनाइ छ ।

आयोजना अन्तर्गत १ हजार ३ सय ९७ मिटर सुरुङ निर्माण भएको छ । मिक्वाखोलामा आउटलेट र फक्ताङलुङमा हेडबक्स छ । उक्त आयोजना सानिमा मीडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीले निर्माण गरिरहेको छ । २०७४ सालमा निर्माण सुरु भएको आयोजना २०७८ मा सक्ने लक्ष्य छ । सुरुङ ३ हजार ३ सय ६७ मिटर निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।

 

 

(annapurnapost.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.