
आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्ट कञ्चनपुर आउन लागेका छन । प्रदेश सरकारको योजना अन्र्तरगत बेदकोट नगरपालिका १० चतहरी र नयाँ गाँउ जोड्ने पुलको शिलान्यासका लागि मुख्यमन्त्री भट्ट कञ्चनपुर आउन लागेका हुन ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत प्रदेश सरकारको चालु आर्थिक बर्षको योजना शिलान्यासका लागि मुख्यमन्त्री भट्ट सहित प्रदेश सभा सदस्य लाल बहादुर खडका कार्यक्रममा आउने कार्यालयले जनाएको छ ।


पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी ईन्जिनियर खेमराज भट्टले डिजायन एण्ड बुल्ट स्वयम निर्माण व्यवसायीले आफैले डिजायन गर्ने र निर्माण गर्ने नयाँ प्रकृतिको ठेक्का भएको पुलको शिलान्यास गरिने बताए । उनका अनुसार केएस कस्ष्ट्रक्सन प्रालिले ११ करोड ५४ लाख ९१ हजारमा निर्माण हुने छ । गाँउमा पुल बन्ने भएपछि स्थानीय हर्षित भएका छन ।
(खडक कोलीले जनसरोकार पोष्टमा लेखेका छन्।)
