सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालयको आग्रह !!

Far weast coaching ad
56
Sana Kishan

स्वास्थ्य कार्यालय बैतडीले भोलीदेखि लगाईने कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन नागरिकहरुमा आग्रह गरेको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा भोलीबाट ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिड १९ बिरुद्धको खोप लगाईदै छ । यो खोप सुरक्षति र प्रभाबकारी रहेको भन्दै स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले नागरिकहरुमा ढुक्क भएर खोप लगाउन आग्रह गरेका हुन ।

यो भन्दा अगाडी पनी खोप अभियान सञ्चालन भईसकेकोले र खोप लगाउने ब्यक्तिहरुमा कुनै पनी असर नदेखिएकोले खोप लगाउन उहाँले आग्रह गर्नुभएको हो । खोपले कोरोना भाईरस बिरुद्धको प्रतिरक्षात्मक प्रणालीलाई बिकास गर्ने उहाँको भनाई छ ।

Arus

यस्तै सुगर, प्रेसर, दम तथा श्वासप्रश्वासको समस्या भएका बिरामीहरुलाई कोरोनाको जोखिम बढी हुने भएकोले उनीहरुले पनी अनिबार्य खोप लगाउने पर्ने स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो ।

Karnali Traders

दोस्रो प्राथमिकताको पहिलो चरणमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिका गरी जिल्लाका ५ स्थानीय तहका ६५ बर्ष माथिका नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउने तयारी भएको छ ।

५ स्थानिय तहमा खोप लगाउनका लागी ४८ वटा खोप केन्द्रहरु तोकिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । खोप लगाउन आउने नागरिकहरुलाई आफ्नो उमेर खुल्ने परिचय पत्र अनिबार्य रुपमा लिएर आउनु पर्नेछ ।

यस अघि पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयम सेबिका र सञ्चारकर्मीहरु गरी बैतडीका २ हजार ७ सय बढीलाई कोरोना बिरुद्धको खोप लगाईएको थियो । (जनक साउदले रेडियो बैतडी मा लेखेका छन्)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.