सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आफ्नो पक्षमा बहुमत सांसद् रहेको नेकपा ओली समूहको दावी !!

Far weast coaching ad
152
Sana Kishan

नेकपा ओली समूहको संसदीय दलको बैठक शनिबार बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा बहुमत सांसद् उपस्थित भएको दावी गरिएको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दावी गरे ।

Arus

उनले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको दावी गरेका हुन् । उनले भोलि केही थप सांसद् पनि ओली पक्षमा उपस्थित हुने बताएका छन् ।

Karnali Traders

बैठकमा प्रधानमन्त्रीले १ सय १५ सांसद संख्या पुगेको र भोलि २० भन्दा बढी संख्या आफ्नो पक्षमा हुने बताएको भट्टराईको भनाइ छ ।
प्रचण्ड नेपाल पक्षमा पनि १ सय १५ जना सांसद छन् नि भनेर पत्रकारहरुको प्रश्नमा भट्टराईले भने, ‘उहाँहरुले कसरी १ सय १५ पु¥याउनु भयो थाहा छैन, तर हामीलाई संख्यामा कुनै चिन्ता छैन। हामी बहुमतमा छौँ ।’

उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपनि पास नहुने र कसैले त्यस्तो हिम्मत गर्छ जस्तो आफूलाई नलागेको दावी गरे ।

 

 

 

 

(ratopati बाट सभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.