सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपा विवादको फैसला सर्वोच्चले आइतबार सुनाउने !!

Far weast coaching ad
41
Sana Kishan

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादबारे सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ। सत्तारुढ नेकपाले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामाथि सर्वोच्चले फैसला सुनाउन लागेको हो।
नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब ३ वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उक्त उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो ।

Arus

आयोगको उक्त निर्णयविरुद्ध कट्टेलले २०७५ साल मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Karnali Traders

यसअघि सर्वोच्च अदालतले २० फागुनमा निर्णय सुनाउने बताएको भएपनि उक्त दिन पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बन्द गरिएपछि फैसला २३ फागुनलाई सारेको हो।

फागुन १३ गते बिहीबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले २० गते निर्णय सुनाउने मिति तोकेको थियो।

यस्तै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपामा पनि नाम विवाद छ। दुई समूहमा विभाजित भएको नेकपाको एक समूहको अध्यक्ष प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को समूहको पुष्पकमल दाहाल ’प्रचण्ड’–माधवकुमार नेपालले गरेका छन्। दुवै समूह आफूलाई आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन्।

 

(annapurnapost.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.