सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मौसम सम्बन्धी जानकारी : कस्तो रहने छ अबको तीन दिनको देशभरिको मौसम !!

Far weast coaching ad
182
Sana Kishan

काठमाडौं : देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एक÷दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।

Arus

राती प्रदेश १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी÷हिमाली भू–भागहरुको एक÷दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू–भागहरुको केही स्थानहरुमा हल्का वर्षा÷हिमपात को सम्भावना रहेको छ।

Karnali Traders

राती पहाडी तथा हिमाली भू–भागहरुको केही स्थानहरुमा हल्का वर्षा÷हिमपात को सम्भावना रहेको छ।

सोमबार दिउँसो प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू–भागहरुको केही स्थानहरुमा हल्का वर्षा÷हिमपात को सम्भावना रहेको छ।

राती देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू–भागहरुको केही स्थानहरुमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।

 

(अन्नपूर्ण पोष्टबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.