सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आरोपीत दिनेश भट्ट माथी अनुसन्धानका लागी फेरी ५ दिनको म्याद थप !!

Far weast coaching ad
80
Sana Kishan

बैतडी –   बैतडीको चडेपानिकी भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपीत दिनेश भट्टमाथी अनुसन्धानका लागी फेरी ५दिनको म्याद थपिएको छ । प्रहरी हिरासतमा रहेका दोगडाकेदार ७ चडेपानीकै १६ वर्षीय दिनेशमाथि अनुसन्धानका जिल्ला अदालतबाट अन्तिम चौथो पटक म्याद थप गरिएको हो । दिनेशले भने यसअघि नै बलत्कारपछि हत्या आरोप स्वीकार गरीसकेका छन् ।

गएको माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो । अनुसन्धानका लागि प्रहरीले यही फागुन ५ गते पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र हिजो बुधवार चौथो पटक म्याद थपको अनुमति मागेको हो । नाबालकको हकमा प्रहरीले हिरासतमा राखेको २१ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानुनी व्यवस्था छ ।

Arus
Karnali Traders

त्यहीअनुसार अन्तिम तथा चौथो पटक म्याद थप भएको बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । अहिले प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधार खोज्दै अनुसन्धान गरिरहेको छ ।

गत माघ २१ गते स्कूलबाट फर्किएकी भागरथी साँझ घर नफर्केपछि माघ २२ गते स्थानीय लवलेक जङ्गलमा निर्वस्त्र अवस्थामा शव भेटिएको थियो ।

 

(ninglashainionline.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.