सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा डिआईजी सुबेदीको उपस्थितिमा प्रहरी–बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न !!

बैतडी–  (फागुन २१ ) “शान्तिपुर्ण एबम सुरक्षित समाजका लागी” भन्ने नाराका साथ प्रहरीले सञ्चालन गर्दै आएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बैतडीमा प्रहरी–बिद्यालय सम्र्पक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीको आयोजनामा बिभिन्न सरोकारवालाहरुको सहभागीतामा शुक्रबार दशरथचन्द नगरपालिका ४ शाहीलेकमा रहेको बिरेन्द्र माबिमा कार्यक्रम सम्पन्न भएको हो । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिह थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम राज सुवेदीले बिभिन्न बिषयमा प्रस्तुती दिनुभएको थियो ।

लागुऔषध र्दुबेसनी, सामाजिक सञ्जालको प्रयोग, बालबिबाह र बालबालिका माथि हुने हिंसा तथा महिला हिंसाको बारेमा सुबेदीले सहभागीहरुलाई प्रशिक्षण दिएका छन । उहाँले समाजमा अपराधिक गतिबिधिहरु बढ्दै गएकोले अपराध न्युनिकरणका लागी सबैको सहकार्य र सहयोगको आबश्यकता औल्याउनुभयो । पछिल्लो समयमा घटेका बिभिन्न घटनाहरु परिवार र आफन्तबाटै हुने गरेको सुबेदीको भनाई छ । सामाजिक सञ्जालका कारण समाजमा अपराधिक घटनाहरु बढेको भन्दै सुबेदीले सामाजिक सञ्जालको सही सदुपयोग गर्नु पर्नेमा जोड दिनुभएको छ ।

बालबालीकाहरुलाई सही बाटोमा लगाउने प्रमुख दायीत्व अभिभावकहरुको हुने भएकोले अभिभावकहरुले आफ्ना बालबालीकाहरु कुन बाटोमा हिडिरहेका छन भनेर निगरानी राख्नु पर्ने उहाँले बताउनुभयो । कार्यक्रमका सभागीहरुले प्रहरीले अहिले बिद्यालयहरुमा गरिरहेको बिद्यालय–प्रहरी सम्र्पक कार्यक्रम अपराध न्युनिकरणका लागी प्रभाबकारी बन्न सक्ने भन्दै सबै बिद्यालयसम्म प्रहरीले आफ्नो उपस्थिति बढाउनु पर्ने बताएका छन ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

बिद्यालयमा बिद्यार्थीहरुलाई सजग गराएमा उनीहरुको माध्यमबाट समाजमा पनी बढी प्रभाब पर्न सक्ने सहभागीहरुको भनाई थियो । डिआईजी सुबेदीले प्रत्येक जिल्लाहरुमा पुगेर समुदाय प्रहरी साझेदारी कार्यक्रम गर्दै आउनुभएको छ । कार्यक्रममा जिल्लाका बिभिन्न स्थानिय तहका जनप्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि र सञ्चाकर्मीहरुको सहभागीता रहेको थियो ।

यस्तै बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलमा रहेको मणीलेक माबिमा सामुदायीक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका प्रधानाध्यापक केशब दत्त भट्टको अध्यक्षता तथा वडा नम्बर १ का वडाध्यक्ष भुवन भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको बिशिष्ट अतितिहरुमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम राज सुवेदी, बरिष्ट प्रहरी उपरीक्षक जनक राज पाण्डेय र सरकारी वकिलको कार्यालय बैतडीका प्रमुख भानदेब भट्ट रहनु भएको थियो ।

कार्यक्रममा सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीले गर्दै आएका बिभिन्न कार्यहरुको बारेमा बिद्यार्थी तथा अभिभावकहरुलाई प्रहरीले जानकारी गराएको छ । कार्यक्रममा सरकारी वकिलको कार्यालयका प्रमुख भानदेब भट्टले बिभिन्न अपराध र कानुनी प्रकृयाको बारेमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बिद्यालयका शिक्षक हरिकृष्ण भट्ट स्वागत मन्तब्य राखेका थिए भने शिक्षक प्रमानन्द भट्टले स्वस्ती बाचन गर्नुभएको थियो ।

 

( रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.