मायाँले नै भुवन सुखमा
बोल्छन् भेट्छन् मनुज दुखमा ।
साथी बन्छन् सुख शयलले
टाढा बस्छन् कुपित भयले ।।
मानाैं मायाँ कमसल भए
टिक्थ्यो को लाै अलमल भए ।
भेट्छन् सारा कुसल नभए
मायाले नै जति पर रहे ।।
गर्दा मायाँ प्रमुदित हुँदै
भन्छन् प्यारा गलित रहँदै ।
हाँस्दै आफ्ना वरपर बसी
दिन्छन् माग्दा समय तपसी ।।
छन्द : हंसी
✍️प्रेम प्रकाश कलाैनी
स्रोत : नेपाली साहित्यकार समूह
२०७७/११/११ गते