
संघिय राज्य व्यवस्था अनुरुप स्थानीय तहको निर्वाचनपछि स्थानीय तहको सरकार बन्यो । संघ, प्रदेश र स्थानीय तह । त्यसपनि स्थानीय तहमा छुट्टै कार्यायलले सेवा दिने व्यवस्थाले गाउँगाउँमा सिंह दरबारको अभ्यास हुन थाल्यो ।
जनतालाई केन्द्रीकृत राज्य व्यवस्थाबाट विकेन्द्रीकरणको अवधारण अनुरुप स्थानीय स्तरमै सेवा प्रभाव र विकास निर्माणको जिम्मेवारी प्राप्त जनप्रतिधिनि चुनिए ।
स्थानीय जनप्रतिनिधिले चुनावी घोषणासँगै जनअपेक्षा अनुसारका विकास निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडी बढाए ।
कञ्चनपुरको वेदकोट नगरपालिका–२ स्थानीय तहको सरकार बन्नुअघि विकास निर्माणमा पछाडी परेको वडा हो । युवा वडाध्यक्ष सिंह नेतृत्वको अहिले वडाको विकास फड्को मारेको छ ।

वडाध्यक्ष नरेश बहादुर सिंह नेतृत्वको टिमले विकास निर्माण कार्यलाई तिव्रताका साथ अगाडी बढायो वडाले नगरपालिकासँगै प्रदेश र केन्द्र सरकारसँगै सहकार्य र समन्वयमा विकास निर्माण कार्यलाई अगाडी बर्ढाएको हो । वडाले सडक पुर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन र पुर्वाधार लगायतका क्षेत्रमा उल्लेख काम गरेको छ ।
सोही योजना अन्र्तगत वडाले आफ्नै भवन निर्माण गरि वडा कार्यालयको सेवा सम्पादन सुरु गरेको छ । बिहिबार एक कार्यक्रमका बिच नगर प्रमुख अशोक कुमार चन्दले उद्धघाटन गरे । उद्धघाटन समारोहमा वडाध्यक्ष सिंहले हालसम्मका वडाले गरेको विकास निर्माण कार्यसहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तो छ वडाध्यक्ष सिंहको प्रतिवेदन
आदरणीय आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरु बिश्व महामारिको रुपमा फैलिएको कोभिड १९ ले हाम्रो वडालाई पनि अछुतो राख्न सकेन । संघिय सरकार स्वास्थ्य मन्त्रालयको कार्यविधि अनुासार प्रत्ेक वडामा क्वारेन्टाईन निर्माण गर्ने निर्देशन अनुसार जेठ ७ गते देखि असोज मसान्त सम्म वडा नं. २ को बैजनाथ मा.वि. जडेपानीमा क्वारेन्टाईन सञ्चालन गर्दा उक्त क्वारेन्टाईनका लागि विद्यालय उपलब्ध गराउने बैजनाथ मा.वि. जडेपानी परिवार लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।
जेष्ठ देखि असोज सम्म करिव ४०० व्यक्तिलाई क्वारेन्टाईनमा राखियो । उक्त अवधिमा सहयोग गर्नुहुने राजनैतिक दलका साथिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, समाजसेवि, अभिभावक र क्वारेन्टाईनमा बस्ने नागरिक सबैलाई हार्दिक ध्न्यवाद ब्यक्त गर्दछु ।
स्थानिय तहको निर्वाचन मिति २०७४ असार १४ गते पश्चात असार २१ गते सपथ ग्रहण गरियो र श्रावण २ गतेदेखि स्थानिय ठाउमा नै वडा कार्यालयले दिने सेवाहरु हामिले भाडामा रहेको वडाकार्यालयबाट दिई रहेका थियौं । हाम्रो वडामा कहि कतै पनि पाएक पर्ने ठाउमा सार्वजनिक जमिन थिएन । हामी जग्गाको निरन्तर खोजिमा थियौं ।
यहि विचमा वेदकोट न.पा. २ बस्ने विर बहादुर भट्ट र गणेश बहादुर स्वार ज्यू ले जग्गा उपलब्ध उपलब्ध गराउनु भयो र वेदकोट नगरपालिकाका नगर प्रमुख ज्यू ले भवन निर्माणका लागि सहयोग र सदिक्षा देखाउनु भयो । उहालाई पनि वडा कार्यालय र वडा बासिको तर्फबाट हार्दिक धन्यकाद ब्यक्त गर्दछौं ।
समाजमा रहेका बिकृति बिसंगतिलाई हटाउदै निर्लज्ज र कञ्चन समाज निर्माण गर्ने ध्ययका साथ हाम्रो समाजमा रहेको कानुनी रुपमा निस्तेज गरेको छाउपडी प्रथालाई उन्मुलन गर्न हाम्रो निरन्तरको प्रयास पछि विभिन्न संघ संस्था, राजनैतिक दल, युवा, समाजसेवि, जनप्रतिनिधि, धामी झाक्री लगाएतको सहयोगमा भब्य कार्यक्रम आयोजना गरि छाउपडी प्रथा उन्मुलनको अन्त भएको घोषणा गरेका थियौं ।
यसैगरि बिगतका बर्षदेखी जगगाधनि लालपुर्जाको समस्या समेत समाधान हुने देखिन्छ । हाल हामी यस वडामा पारिवारिक विवरण र जग्गाको विवरण भर्ने कार्यक्रममा छौं । हाल पनि विभिन्न संका उपसंकाहरु समाजमा छन् । तर बर्तमान आयोगमा कानुन निर्माण गरि बनाएकाले यो आयोगले नै लालपुर्जा वितरण गर्नेमा हामी आशाबादी छौं । यस वडामा १२ सय परिवार भन्दा माथी अब्यबस्थित बसोबास र ५० परिवार जति भुमिहिन र भुमिहिन दलित हुन सक्ने आकलन गरेका छौं ।
१. सडक पुर्वाधार विकास
हामी निर्वाचित हुदा वेदकोट नगरपालिका वडा नं. २ मा औद्योगिक क्षेत्र पहुचमार्गको परिकल्पना गरि १२ मिटर चौडाइको बाटो तथा १÷१ मिटर नाला सहित १४ मिटर रहेको उक्त सडकको स्तरोन्नति गर्नेकार्य करिव ६० प्रतिशत काम पुरा भएको छ । उक्त सडकको निर्मण कार्य जारी नै छ। औद्योगिक क्षेत्र पहुचमार्गलाई वडा नं. २ को लाईफलाईनको रुपमा लिएका छौं ।
उक्त औद्योगीक क्षेत्र पहुच मार्ग महेन्द्रराजमार्ग त्रिपुरा देखि स्थानिय छेला बजार सम्म नौ किलो मिटर सडक रहेको छ । हाम्रो यस वडामा एक बित्ता पनि कालोपत्रे सडक कतै थिएन । यो कुरा हजुरहरुलाई जग जाहेर नै होला । हाल आएर करिव हाम्रो वडामा ५ कि.मि. सडक कालो पत्रे भएको छ । यसै बर्ष माननीय नर बहादुर धामीको स्थानिय पुर्वाधार विकास कोष बाट वडा कार्यालय आउने बाटो कालोपत्रेका लागि बजेट विनियोजन गरिएको ब्यहोरा जानकारी गराउदछौं ।
यस अवधिमा ६.५ कि.मि. सडक स्तरोन्नती भएको छ । अन्य वडा का सबै साखासडक हरुमा ग्रभिल भएको छ । केहि टोल जाने सडकमा ग्राभिल गर्ने कार्य जारी छ । यसै गरी वसन्थला विद्यालय देखि पिपल चौतारा निर्माण र चादनीफाटा चादनीचौराहामा राष्ट्रकवि राष्ट्रसष्टा माधव प्रसाद घिमिरेको सालिक निर्माण गर्ने लक्ष राखेका छौ । यस वडा भित्र करिव ८ वटा नया सडक खालेका छौं । बसन्तथला मगरटोल जाने बाटो, बसन्तथला बिद्यालयदेदि दलित टोल हुदै हुलाकी सडक बाटोमा काम भैरहेको छ ।
बसन्तथला पहुचमार्ग, पश्चिम वडा नं. ३ पेलिताल जोड्ने बाटो, यसै गरि टंकर कुना हुदै पहुचमार्ग जोड्ने सडक, वडा कार्यालय देखि उत्तर तर्फ जाने सडक, चदानी फाटा देखि चादनी चौराहा जाने सडक, झरना टोलको सडक र वडा कार्यालय आउने बाटो खोल्न सफल भएका छौं । यसै गरि हाम्रो यस वडामा यस बर्ष ४ वटा कल्भर्टहरु पथरिया नालामा निर्माणाधिन छन् भने बिगत बर्षमा तिन वटा कल्भर्ट निर्माण गरि सकेका छौं । यस बर्ष चादनीफाटा थापा चौराहादेखि चादनीफाटा आउने सडकमा कल्भर्ट निर्माण हुनेछ ।
यसै गरि चादनीफाटा नया सडकमा कल्भर्ट निर्माण कार्य भइरहेको छ । वडा कार्यालय आउने बाटोमा कल्भर्ट निर्माण र बसन्तथलादेखि पेलिताल जोड्ने सडकमा कल्भर्ट निर्माणका लागि सुदुर पश्चिमका माननीय लाल बहादुर खड्काको पुर्वाधार विकास कोषबाट उक्त कार्य अगाडी बढाइने छ । साथै पाथरिया नदि टंकर कुना देखि वडा नं. १ जोड्ने पथरिया खोलामा मोटरेबल पुलका लागि सम्भाब्यता अध्ययन गरि सुदुर पश्चिम सरकारमा पेश गरेको ब्यहोरा जानकारी गराउदछौं । यसैगरि हुलाक सडक हुदै वडा नं. १ जोड्ने नदिमा समेत सम्भाब्यताका लागि पहल गरिरहेका छौं ।
२. नदि नियन्त्रण
हाम्रो वडाको पुर्वको सिमाना पथरिया नदि स“ग जोडिएको छ । उक्त ठाउ“को कृषियोगय जमिन बर्षेनि कटान हुदै छ । हाम्रो प्रयासमा पथरिया नदिमा मुक्त कमैया क्षेत्र, झरनाटोल, जनकटोल, बसन्तटोलमा हाल सम्म करिव सात सय मिटर जति नदि तटबन्ध भएको छ । वेदकोट नगरपालिका वडा कार्यालय प्रदेश सरकार, संघिय सरकार र गैरसरकारी संस्था चुरे सञ्जाल र ९ध्ध्ँ० को सहयोग उक्त तटबन्ध भएको ब्यहोरा जानकारी गराउदछु ।
३. स्वास्थ्य
हाम्रो वडामा हाल ७ कोठे २ वटा भवन सहित आफ्नै स्वँस्थ्यकेन्द्र रहेको छ । जहा“ अहेव १ जना, परिवार नियोजन संघ को सहयोगमा स्टाफ नर्ष १ जना जनशक्ति राखि छिमेकी वडालाई समेत सेवा प्रवाह गरिरहेका छौं । निकट भविश्यमा वडा कार्यालयको अनुदान र असहाय विद्यार्थी सहायता कोषको संयुक्त लगानीमा स्वास्थ्य केन्द्रको एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य लिएको ब्यहोरा यहा“हरु समक्ष जानकारी गराउदछौं ।
४. शिक्षा
कञ्चनपुर जिल्लाको उत्कृष्ट बिद्यालय हार्मै वडामा पर्दछ । उत्कृष्ट विद्यालय तथा यस क्षेत्रको नमुना विद्यालय घोषणा भएको उक्त विद्यालयलाई नमुना विद्यालय बनाउन सहयोग गर्नुहुने संघिय संसद माननीय नर बहादुर धामी, संविधान सभा सदस्य माननीय कृपाराम राना, नगर प्रमुख अशोक कुमार चन्द, वडा नं. ९ का वडा अध्यक्ष रामसिह धामी, वि.ब्य.स. अध्यक्ष तारादत्त जोशी र वि.ब्य.स. सदस्यहरु, बिद्यालयका प्र.अ. थिरेन्द्र चन्द्र भट्ट ज्यू लगायत सरोकार वाला सबैमा हार्दिक धन्यबाद ब्यक्त गर्दछु । उक्त नमुना विद्यालयलाई संस्थागत तरिकाले अगाडी बढाउन सबै सरोकारवाला निकायलाई हार्दिक विनम्र अनुरोध गर्दछौं ।

उक्त विद्यालयमा ६ कोठे भवन निर्माण भएको छ । संसद विकास पुर्वाधार कोष माननीय नर बहादुर धामी ज्यू ले दिनु भएको कुरा समेत जानकारी गराउन चाहन्छु । यसैगरि जिल्ला शिक्षा समन्वय ईकाई र बेदकोट नगरपालिकाको संयुक्त प्रयासमा ४ कोठे भवन निर्माण भएको छ । वडा कार्यालयबाट २ कोठे पक्की भवन तथा शुद्ध खानेपानीको ट्याङ्की र धारा, नगरपालिका बाट फिल्ड निर्माण र बिज्ञान प्रयोगशाला निर्माण गरिएको छ भने बुल्ड अन नेपाल र वेदकोट नगरपालिकाको संयुक्त लगानीमा ३ कोठे पक्कि भवन निर्माण गरिने छ र बेदकोट नगरपालिका शिक्षा शाखाबाट आधुनिक सौचालय निर्माणका लागि सम्धmौताको तायारीमा रहेका छौं ।
यसै गरि सिद्धनाथ आधारभुत बिद्यालयमा प्रदेश सरकारबाट २ कोठे भवनको निर्माण कार्य अगाडी बढेको छ । वडा कार्यालय बाट शुद्ध खानेपानीको ट्याङ्की र धारा, फर्निचर, विद्युत जडान र पर्खाल निर्माण कार्य अगाडी बढेको छ । वेदकोट नगरपालिका आधुनिक खाले सौचालय र पुस्तकालय निर्माण कार्य अगाडी बढेको छ । यसैगरि सरस्वति आधारभुत विद्यालय चादनीफाटा शैक्षिक विकासले फड्को मारेको छ । उक्त विद्यालयमा प्रदेश सरकार बाट २ कोठे पक्की भवनको काम अगाडी बढेको छ । वडा कार्यालयबाट बिद्यालय घेरावार, बालविकासको भवनको सजावट, विद्यालयमा बिद्युतिकरण, फर्निचर र बिद्यालयमा गेट निर्माण भएको छ । यसैगरि गत बर्ष कक्षा ८ का विद्यार्थीहरुलाई लक्षित गरि सिकाई बृद्धिका लागि अतिरिक्त कक्षा समेत सञ्चालन गरेका थियौं ।
५. पर्यटन तथा सास्कृतिक कार्यक्रम
हाम्रो यस वडाकमा सास्कृतिक तथा धार्मिक पिठहरु धेरै रहेका छन् ति सबै धर्म सस्कृति, रितिरिवाज, चालचलन प्रति हाम्रो उत्तिकै सम्मान रहेको छ । हाम्रो वडामा बैजनाथ मन्दिर देखि रानाथारु समुदायको भुईया समेत धार्मिक महत्वका साथ हेरिरहेका छौं । हाम्रो यस वडामा रहेका बैजनाथ मन्दिरमा प्रत्येक बर्ष सर्वाङ्गिण विकासका लागि बजेट विनियोजन गरेका छौं । उक्त मन्दिरको धुनि घर र पर्खाल निर्माण कार्य अगाडी बढेको छ । यसै गरि रानाथारु समुदायको मुख्य देवता भुईया निर्माण सम्पन्न हुदै छ ।
उक्त भवनका लागि समेत बजेट विनियोजन अन्तिम चरणमा छौं । यसैगरि ईसाई धर्मावलम्बीको ख्रिष्ट मण्डलीमा समेत बजेट विनियोजन गरि निर्माण अन्तिम चरणमा छ । यसै गरि झरनाटोलमा बैजनाथ मन्दिर निर्माण गरेका छौं । मुक्त कमैया क्षेत्रमा ५ वटा टोलमा थनुवा निर्माण गरेका छौं साथै मुक्त कमैया बस्तिमा रहेको सामुदायिक भवनको मर्मत गरि भवनघरमा नया सौचालय निर्माण गरिने छ । बसन्तथला रानाथारुका लागि भुईया निर्माण गरेका छौं । चादनीफाटामा डाडाबाघको मन्दिर संरक्षण गर्नका लागि बजेट विनियोजन गरि काम सम्पन्न गरेका छौं । यसैगरि चादनीफटाको राधाकृष्ण मन्दिर र अट्याल मन्दिरका लागि समेत बजेट विनियोजित गरेका छौं ।
६. मानव संसाधन तथा आयमुलक
वेदकोट न.पा. वडा नं. २ का विपन्न तथा पछाडी परेका ब्यक्तिहरुलाई विभिन्न किसिमका आयमुलक तथा सिपमुलक तालिम सञ्चालन गरेका छौं । बेदकोट न.पा. को र ग्ल्म्ए को संयुक्त लगानीमा यस वडाबाट ३८ जनालाई आयमुलक कार्यक्रममा जोडेका छौं । सुदुर पश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालय बाट गत बर्ष ७ जना मुक्त कमैया र यस बर्ष ५० जना गरि ५७ जना बंगुरपालन कार्यक्रममा समेटेका छौं साथै गत बर्ष ६ जना विपन्न ब्यक्तिलाई बाख्रा वितरण गरिएको थियो भने यो बर्ष १० जना बाख्रापलनका लागि र २० जना कुखुरापालनका लागि वडाबाट कार्यक्रम सञ्चालन गर्ने छौं ।
यसै गरि गैर सरकारी संस्थाको सहयोगमा १२ जना दलित परिवारले निशुल्क गोवरग्यास जडान गरेका छौं । ब्यबसायिक तथा सिप बिकास तालिम केन्द्रबाट २० जना बिद्युत जडान र २० जना मोबाईल मर्मत तालिम सञ्चालन गरेका छौं । यसैगरि स्थानिय सरकारबाट ६० जना महिलाई सिलाई कटाई तथा २० जना महिलालाई ब्युटिपार्लर तालिम सञ्चालन गरेका छौं । थप यस बर्ष सामाजिक बिकास मन्त्रालय सुदुर पश्चिम सरकार बाट २५ जना सिलाईकटाई, २५ जना मन्टेश्वरी र २५ जना अटो मेकानिकल्स ३ महिने तालिम केहि दिनमा सञ्चालन गर्ने छौं । गुरुकुल ईन्स्टीच्युट बाट ३ महिने ब्युटिपार्लर, २० जना मेसन तालिममा २० जना लेबल टु विधुत जडानमा २० जना र २० जना लाई सिलाई कटाई सहभागि गराउने छौं ।
यसैगरि वडागत बजेटबाट १० जना लाई ड्राइभिङ्ग तालिम सञ्चालन गरेका छौं । यसैगरि वडा कार्यालय, जनचेतना सामुदायिक वन उपभोक्ता समुह र चुरे सञ्जालको संयुक्त लगानीमा वन किनाराका २२ जना उपभोक्ताहरुलाई सुरक्षित बाख्रा खोर र १३ जनालाई सुधारिएको गोठ निर्माणका सामाग्री उपलब्ध गराईएको जानकारी समेत गर्न चाहन्छौं ।
यसैगरि गत बर्ष घरेलु तथा साना उद्योग कार्यालयबाट १० जना सिलाई कटाई र यो बर्ष मागमा आधारित १५ जना लाई थप सिप सिकाईनेछ । यस वडा मा रहेको बसन्तथलाको दलित बस्तिमा अध्यारोबस्ती रहेको थियो उक्त बस्ति लाई विधुतिकरण गरी उज्यालो बस्ति बनाएको छ ।
७. युवा तथा खेलकुद
हाम्रो वडामा खेलकुद मैदान समेत नभएको अवस्थामा एउटा राम्रो खेल मैदान निर्माण गरेका छौं युवाहरुलाई खेलकुदबाट समेत भविष्य देखिरहेका युवाहरु प्रत्येक बर्ष खेलकुदका सामाग्री तथा खेलकुद आयोजनामा प्रत्यक्ष सहयोग गरिराखेका र अन्यत्र भएका खेलकुद कार्यक्रममा समेत सहभागि गराउदै आएका छौं ।
८. सिचाई तथा खानेपानी
वेदकोट नगरपालिका वडा नं. २ को करिव ७० प्रतिशत भुभाग सुख्खा क्षेत्र हो जहा“ चैत्र महिनादेखि सुख्खा र खडेरि पर्ने गर्दछ । यसै ठाउमा मुक्त कमैया बस्ति समेत पर्दछ । यस वडाको मुक्त कमैया बस्तिमा संघिय र प्रदेश सरकारको पहलमा १ करोडको लगानीमा थोपा सिचाई आयोजना यहि बर्षबाट शुरु हुदै छ ।
पदेश सरकारबाट चादनीटोलमा २ वटा ठुला बोरिङ्ग र झरनाटोलमा १ वटा ठुला बोरिङ्ग सञ्चालन भएका छन् । मुक्त कमैया क्षेत्रमा नगरपालिका बाट एक वटा नया बोरिङ्ग जडान गरिएको छ । पुराना बोरिङ्ग मर्मतका लागि यहि बर्ष बजेट विनियोजन गरिएको छ । बसन्तथलामा समेत रहेका पुराना बोरिङ्गहरु मर्मत गरिने छन् । जनक टोलमा १ बोरिङ्ग जडान गरएको छ । कृषि शाखा बाट बसन्तथलामा १ वटा स्यालो ट्युबेल जडान गरिएको छ ।
नगरपालिकाबाट १ वटा ठुलो बोरिङ्ग निर्माणाधिन अवस्थामा छ । यो बर्ष वडा कार्यालयबाट टंकरकुनामा १ वटा बोरिङ्ग र बसन्तथलाको दलित बस्तिमा १ वटा बोरिङ्ग जडान गरिने छ । सुदुर पश्चिम प्रदेश सरकार बाट थप ४ वटा बोरिङ्ग २ वटा बसन्तथला र २ वटा मुक्तकमैया बस्तिमा जडान गरिने छन् । यो बर्षभित्र सबै कृषि योग्य जमिनमा सिचाइको ब्यबस्था गरिने छ ।
वडा नं. २ को गौरवको आयोजना झरना खानेपानीको काम तिब्र गतिमा सञ्चालन भैरहेको छ । संघिय सरकारद्धारा सञ्चालन भैरहेको योजनाको पर्खाल, २ वटा बोरिङ्ग, सौचालय, चौकिदार घर र ओभरहेड टंकि निर्माण भैरहेको छ । अव १ बर्ष भित्र वडाबासिले सुद्ध पिउने पानी पाउने छन् । मुक्त कमैया क्षेत्रमा रहेको बेदकोट चोरपानी खानेपानी योजना लाई मर्मत गरि विगतमा वडा कार्यालय र हाल सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयबाट १५ लाख प्राप्त गरि मर्मत गरि उपभोक्ता समिति गठन गरि केहि दिनमा काम शुरु हुने ब्यहोरा जानकारी गराउदछु ।
यसैगरि अधुरो बसन्तथला खानेपानी योजनालाई सुचारुगर्न पटक पटक पहल गर्दा समेत सरंचना समेत कमजोर भएकाले हाललाई उक्त योजना का सदस्य हरुलाई झरना खानेपानी योजनामा समाबेश गर्ने लक्ष लिईएको ब्यहोरा जानकारी गरिन्छ । उक्त कार्यका लागि प्रकृया अगाडी बढी पुरै वडाको एउटै खानेपानी योजना सञ्चालन गर्ने लक्ष लिईएको छ ।
९. जनता आवास कार्यक्रम
दलित जनता आवास कार्यक्रम अन्र्तगत गत बर्ष २ वटा परिवारको घर निर्माण अन्तिम चरणमा रहेको र यो बर्ष ३ वटा दलित परिवारको घर निर्माण हुनेछ ।
१०. सञ्चार
वडा नं. २ को माथिल्लो क्षेत्रमा नमस्ते मोबाईलको सेवा बाट टाढा रहेकोले विगत ३ बर्षदेखिको लगातारको प्रयासले नमस्ते मोबाईल फोर जी सेवा निर्माण कार्य अन्तिम चरणमा रहेको र ईन्टरनेटका लागि सेवा विस्तार भै रहेको ब्यहोरा समेत जानकारी गराउन चाहन्छु देशपाटी न्युज
प्रस्तुत कर्ता
नरेश बहादुर सिह
वडा अध्यक्ष
