सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेत्रविक्रम चन्द विप्लव समूहका नेता वास्तोला रिहा

Far weast coaching ad
144
Sana Kishan

काभ्रे– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ ।
आज बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त हुनुभएको हो ।

काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आज बिहान बास्तोलालाई उहाँकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको जानकारी दिनुभयो ।

Arus
Karnali Traders

यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिएपनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पु¥याइएको थियो ।

रिहाइ लगत्तै पत्रकारसँग कुरा गर्दै नेता बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताउनुभयो ।

वास्तोलालाई ललितपुर जिल्लाको दक्षिण इलाकाबाट करिब डेढ महिना अघि पक्राउ गरिएको थियो । सर्वोच्च अदालयले रिहा गर्ने आदेश दिने वित्तिकै उहाँ पुनः पक्राउ पर्नुभएको थियो । नेपाल टेलिभिजनबाट सभार 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.