सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काँग्रेस पदाधिकारी बैठक : राजनीतिक निकासका लागि प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार हुनुपर्छ

Far weast coaching ad
235
Sana Kishan

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता सहकार्यबारे पार्टीका पदाधिकारीसहित शीर्षस्थ नेताहरुको राय लिएका छन् । बिहीबार देउवा निवास बुढानिलकण्ठमा बसेको काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी संसदीय फाँटको जिम्मेवारीमा रहेका नेताहरुसँग छलफल गरेका हुन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाण, काँग्रेस राष्ट्रिय सभाका नेता राधेश्याम अधिकारी, मिनेन्द्र रिजाल,नेता दिलेन्द्र बडू, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत सहभागी थिए ।

Arus

वरिष्ठ नेता रामचन्द्र पौडेल उपत्यका बाहिरबाट आउन ढिलो भएपछि दिउँसो तीन बजेलाई बोलाइएको बैठक पाँच बजेपछि मात्र सुरु भएको थियो । छलफलमा नेताहरु सत्ता सहकार्यबारे नेकपाका केपी ओली भन्दा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्तावमा काँग्रेस लचिलो बन्नुपर्ने मत राखेका थिए । उनले मुलुकलाई निकास दिन प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न काँग्रेस लचिलो बन्नुपर्ने पौडेलको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको दिन पुस ५ गते प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रतिनिधिसभामा अविश्वास प्रस्तावसमेत दर्ता गरेको थियो ।

बैठकमा सहभागी एक नेताले रातोपाटीसँग भने, ’अहिलेको अवस्थाबाट निकास दिन काँग्रेसले अग्रसरता लिनुपर्छ । काँग्रेसको सहयोगले राष्ट्रिय राजनीतिमा निकास निस्किन्छ भने काँग्रेस त्यसमा लचिलो हुनुपर्छ । प्रचण्ड माधव समूहले ल्याएको अविश्वासको प्रस्तावबारे काँग्रेस लचिलो बन्नुपर्दछ । भनेर केही नेताहरुले विषय प्रवेश गराउनु भएको छ ।’

काँग्रेसले नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने वा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्ने तीन विकल्पमा छलफल भएको स्रोतले जानकारी दियो ।

यद्यपि सभापति शेरबहादुर देउवाले अझै स्थिति परिपक्व बनिनसकेको भन्दै नेकपाको औपचारिक विभाजन नहुँदासम्म यो पक्ष र उ पक्ष भनेर काँग्रेस खुल्न नहुने मत राखेका थिए ।

’हतारिएर निर्णय गर्दा परिणाम राम्रा नआउन सक्छ । म पार्टीका सबै साथीहरुको धारणा सुन्छु । आज नै मैले आफ्नो निर्णायक धारणा राख्दिनँ । उचित समयमा उचित निर्णय गरौंला भनेर सभापतिज्यूले भन्नुभयो,’ स्रोतले भन्यो ।

Karnali Traders

तर पौडेलसहितका केही नेताले अबिलम्ब निर्णय दिनुपर्नेमा जोड दिएको स्रोतले बतायो । काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मान्य तयार हुनुपर्छ भन्ने ढंगले रामचन्द्र पौडेलजीले धारणा राख्नुभयो ।

पौडेल पक्षीय अन्य नेताहरुको धारणा पनि त्यही सेरोफेरोमा रहेको स्रोतले बतायो । अधिकांश शीर्षस्थ नेताहरुले प्रचण्डलाई प्रधानमन्त्री बनाएर भएपनि राजनीतिक निकास दिनुपर्ने बताएका थिए । आज छलफल भएका विकल्पबारे भोलि बस्ने संसदीय दलको बैठकबाट विवेकपूर्ण ढंगले निर्णय दिने पनि नेताहरुको सुझाव थियो ।

बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको समयमा नेपाली काँग्रेसलाई प्रधानमन्त्री पदले ढोका ढकढकाइरहेको भए पनि संयमतापूर्वक झ्यालबाट हेरिरहेको प्रतिक्रिया दिए ।

यो पनि…
’काँग्रेसले इन्जुरी टाइममा गोल गर्छ, पोल बाहिर गोल जान दिदैनौँ’

शर्माले भने, ‘अपेक्षाका साथ नेकपाको ओली समूह र प्रचण्ड नेपाल समूहले सबैले चासोका साथ हेरिरहनु भएको छ । प्रधानमन्त्री पदले ढोका ढकढकाइरहेको छ । तर, प्रधानमन्त्री पदलाई ग्रहण गरिसकेको अवस्था छैन । हामी संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौँ ।’

उनले भने, ’बैठकमा साझा धारणा बनाउने र ठीक समय आएपछि निर्णयमा पुग्ने सहमति भएको छ । समयमा ठीक ढंगले निर्णय गर्छ इन्जुरी टाइममा गोल गरेको भन्दा हुन्छ । अहिले हामी एक खालको मनोविज्ञानमा पुगेका छौ । तर ठोस निर्णय संसदीय दलको बैठकमा सांसदहरुको धारणाका साथ गर्छौ ।’

काँग्रेसले परिपक्व रुपमा संविधान र वर्तमान परिवेशलाई मध्येनजर गरी निर्णय गर्ने शर्माले बताए । ’अविश्वासको प्रस्तावको प्रस्तावकको रुपमा जान्छौ कि अगुवाई नै गरेर जान्छौ भन्ने कुरा । काँग्रेसले अपरिपक्व रुपमा होइन देश, संविधान र वर्तमान परिवेशलाई मध्येनजर गरी निर्णय गर्छ । गोल पोष्ट भित्रै गोल गर्ने गरि ठीक ढंगले राख्छौ । पोल बाहिर गोल जान दिदैनौँ । भोलि संसदीय दलको बैठक बस्छ र साथीहरुको धारणा राखेर ठीक समयमा ठीक निर्णय गर्छ,’उनले भने ।

उनले सरकार र प्रतिबन्धित विप्लव समूहसँग भएको सम्झौताको स्वागत काँग्रेसले गरेको बताउँदै विप्लव समूहले पनि संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । वार्ता र सहमतिका क्रममा सरकारले प्रतिपक्षी र अरु दलहरूलाई पनि विश्वासमा नलिएको शर्माले बताए ।

त्यसैले काँग्रेसले सरकार र विप्लवबीचको वार्तालाई सतर्कतापूर्वक हेरिरहेको बताए । बिहीबार दुबै पक्षबीच तीन बुँदे सहमति भएको छ । भोलि प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा तीन बुँदे सहमतिलाई औपचारिकता दिने तयारी छ । रातोपाटीबाट सभार 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.