
जिन्दगी दुखाइ रहने कुनै बिगत नहोस अब।
मान्छे मरे मरोस तर देखिने खत नहोस अब।
अर्काको पीडामा रमाउन खोज्छ यो दुनियाँ,
यो दिल फाटोस तर बगेको रगत नहोस अब।

आज तिमीलाई मसँग बोल्ने फुर्सद नै भएन,
तिमीले बोल्दा मलाई पनि फुर्सत नहोस अब।

तेरो मेरो भन्नु छैन आखिर मरेर के नै लानु छ,
खान पुगोस दिन पुगोस बरु बचत नहोस अब।
हो सबको आ-आफ्नै जिन्दगी छ बाच्ने कला,
मैले गर्नुपर्ने कामहरु तिम्रा मार्फत नहोस अब।
ए जून तिमीलाई हेरेर म रात बिताउन सक्छु,
बस तिम्रो र मेरो नजर छेक्ने छत नहोस अब।
२०७७/११/२० महेन्द्रनगर
