सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको बेदकोट नगरपालिका २ को वडा कार्यालय उद्घाटन

कञ्चनपुरको बेदकोट नगरपालिका २ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका विच बेदकोट नगरका मेयर अशोक कुमार चन्दले भवनको उद्घाटन गरेका छन । नवनिर्मित भवनको उद्घाटन गर्दै मेयर चन्दले जनतालाई वडाबाटै सबै सेवा सुविधा दिनका लागि वडा भवन निर्माण कार्य अघि बढाएको बताए । मेयर चन्दका अनुसार यस अघि ८ नम्बर वडा भवन उद्घाटन गरिएको थियो, भने अहिले २ नम्बर उद्घाटन गरिएको छ ।
मेयर चन्दले सबै वडा भवन निर्माण गरेर जनतालाई वडाबाटै सेवा विस्तार गर्ने बताए । बेदकोट नगरपालिका २ का वडाध्यक्ष नरेश बहादुर सिहले स्थानीय बीर भट्ट र गणेश बहादुर स्वाँरले जमिन दान गरेसंगै भाडामा बस्दै संचालन हुँदै आएको वडा कार्यालय आफ्नै भवन निर्माण गर्न सफल भएको बताए ।
विजुलियन विल्र्डसले ८२ लाख लागतमा एक तले भवन भवन निर्माण गरेको अध्यक्ष सिहले बताए । उनका अनुसार भवनमा हल सहित, प्रशासनिक, वडाध्यक्ष, रिसेप्सन शौचालय सहित आधुनिक भवन निर्माण गरिएको छ । ‘आफ्नै वडा भवन निर्माण भएपछि दैनिक कार्य संचालन सहज हुनेछ, ‘अध्यक्ष सिहले भने, ‘वडाको दैनिक प्रशासनिक काम चुस्तदुरुस्त हुनेछ ।’ जमिनदाता बीर भट्ट र गणेश बहादुर स्वाँरलाई सम्मान गरिएको छ ।
वडाध्यक्ष सिहले वडामा एक मिटर समेत कालोपत्रे नभएको वडामा कालोपत्रे सडक विस्तार, विकासका पूर्वाधार विस्तार भएको बताए । वडाको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको भौतिक पूर्वाधार निर्माण विकासका काम अघि बढेको उनले बताए ।
वडा भवन शिलान्यास कार्यक्रममा नेकपा बेदकोट सह इन्चार्ज मान बहादुर राना, काँग्रेस नेता दिपेन्द्र देउवा सहितका अतिथिले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी स्थानीयको सहभागिता रहेको थियो ।
Sana Kishan
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.