सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिन्दगीको कागजमा दाग नभए हुन्थ्यो : जानुका गुरागाईं

Far weast coaching ad
120
Sana Kishan

जिन्दगीको कागजमा दाग नभए हुन्थ्यो
एकपछि अर्को नयाँ माग नभए हुन्थ्यो ।

सिर्जनाका नयाँ उनका खेतबारीभित्र
हेर्दै उराठ लाग्ने कुनै भाग नभए हुन्थ्यो ।

Arus
Karnali Traders

उनको बोली बचन र मुरलीको धुनमा
सधैं चित्त दुखाउने राग नभए हुन्थ्यो ।

हरेक बिहान आगनीको डिलमा बसेर
अशुभको खबर बोल्ने काग नभए हुन्थ्यो ।

स्वच्छ, सफा तलाउझैँ शान्त मनलाई
घरिघरि डस्ने कुनै नाग नभए हुन्थ्यो ।
-जानुका गुरागाईं
२०७७ फागुन २० गते

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.