सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा बुवाले गरे आफ्नै ३ महिने छोराको हत्या !!

Far weast coaching ad
116
Sana Kishan

बैतडी १९ फागुन–
बैतडीमा आफ्नै बुवाको कुटाइबाट तीन महिने छोराको मृत्यू भएकोछ । मृत्यू हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ खनाडीका ३ महिनाका लक्ष्मण चन्द रहेका छन् । लक्ष्मणको उनकै ४४ वर्षीय बुवा राजबहादुर चन्दले हत्या गरेका हुन् । राजबहादुरलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको छ ।

सुतिरहेका छोराको टाउकोमा हानेर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नाय उपरिक्षक नारायण प्रसाद अधिकारीले बताउनुभयो । बच्चाको विभत्स रुपमा हत्या गरिएको उहाँले बताउनुभयो । हत्याको कारण भने खुल्न सकेको छैन् ।

Arus

तर मृतकका आफन्तले भने हत्या गर्ने ब्यक्ति मानसिक सन्तुलन गुमाएको बताएकाछन् । बिगतमा मानसिक सन्तुलन गुमाएका उनी एकबर्ष यता भने ठिकै अवस्थामा रहेको स्थानियबासिले बताएकाछन् ।

Karnali Traders

प्रहरीले घटनास्थल पुगेर हत्या गर्ने ब्यक्तिलाई जिल्ला सदरमुकाम ल्याइरहेको छ । यस्तै राजबहादुरले आजै आफ्ना ७० वर्षीय बुवा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका छन् । बुवाको टाउकोमा चोट रहेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनका भाईलाई सामान्य चोट रहेको छ ।

(ninglashainionline.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.