बैतडीको दशरथचन्द नगरपालिकामा जारी चौथो संस्करणको मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आज २ खेल सम्पन्न भएकमा छन् । जसमा वडा नं १ गुरुखोला र वडा नं ४ खलंगा विजयी भएका छन् ।
दशरथचन्द खेलमैदानमा भएको पहिलो खेलमा गुरुखोलाले वडा नं ७ दुर्गास्थानलाई १ सय ११ रनको पारी रनअन्तरले पाखा लगाएको छ । गुरुखोलाले दिएको २०९ रनको बिशाल लक्ष्य पन्छाएको दुर्गास्थानले ९७ रन मात्रै बनाउन सक्यो । उसका लागि पंकज बडूले सर्वाधिक ३४ रन जोडे । गुरुखोलाका हेमन्त चन्दले ५ विकेट हात पारे ।
त्यसअघि पहिला व्याटिंग गरेको गुरुखोलाले सुरेश भाटको सतकीय पारीका साथ २०८ रन बनायो । जसमा सुरेशले प्रतियोगितामा पहिलो शतक हिर्काउदै १ सय ६ रन हाने । दुर्गास्थानका केशव बडू र रमेश बडूले २÷२ विकेट लिए । गुरुखोलाका सुरेश भाट म्यान अफ द म्याच चुनिएका स्कोरर खेमराज भट्टले जानकारी दिए ।
यस्तै दोस्रो खेलमा वडा नं ४ खलंगाले वडा नं ९ ग्वाल्लेकलाई ७४ रनले हराएको छ । खलंगाले दिएको १५२ रनको लक्ष्यका साथ मैदान उत्रेको ग्वाल्लेकले चन्द्रदेव जोशीको १४ रनको मद्दतमा मात्र ७७ रनमा सिमित रह्यो । खलंगाका विरेन्द्र चन्द र मोहित भण्डारीले ३÷३ विके झारे । त्यसअघि पहिला ब्याटिंग गरेको खलंगाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५१ रन बनायो जसमा राजु भाटले ६३ रनको योगदान गरे ।
ग्वाल्लेकका नरेश जोशीले ३ विकेट हात पारे। खलंगाका राजु भाट म्यान आफ द म्याच घोषित भए ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा फागुन १८ गतेदेखि सुरु भएको प्रतियोगितामा ११ टोली सहभागी छन् । उपाधि विजेताले ७५ हजार र उपविजेताले ५० हजार पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले बताए ।
(विनोद सिंह विष्ट ले radio7star मा लेखेका छन्)