सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु, बालिका र महिला घाइते !!

माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु, बालिका र महिला घाइते !!

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–१ कालाबञ्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मंगलबार दिउँसो एक युवतीको मृत्यु भएको छ।

घटनामा परेर एक बालिका र महिला घाइते भएका छन्। मृतक २० वर्षीया वन्शुबिया यादव भारतीय नागरिक हुन्।प्रहरीका अनुसार उनी केही दिनअघि सुनवर्षी नगरपालिका–४ गान्धी आश्रमस्थित मावली घरमा आएको खुलेको छ।दिउँसो २ बजेतिर माटोको ढिस्को खसेर पुरिँदा घटनास्थलमै उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले भारतको दरभङ्गा घर भएकी वन्शुबियाको शव माटोले पुरिएको अवस्थामा बाहिर निकालेर पोस्टमार्टमाका लागि रंगेली अस्पताल पुर्याएको छ। उनी मावली गाउँका तीन–चार जनासँग मिलेर घर लिपपोतमा प्रयोग गरिने माटो खन्न गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी राईले बताए।

खाल्डोमा पसेर माटो खन्ने क्रममा माथिबाट ढिस्को खसेर भएको घटनामा एक बालिका र एक महिला गरेर अरु दुईजना घाइते भएका छन्। घाइते हुनेमा सुनवर्षी–४ की ९ वर्षीया बालिका मनिका यादव र ५५ वर्षीया महिला झोलीया यादव रहेको जानकारी राईले दिए। घाइते दुवै जनाको रंगेली अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जानकारी अस्पतालले दिएको उनको भनाइ छ।

 

 

(annapurnapost.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.