सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एउटै घरका पाँच जना नेपाली सेनामा !!

बैतडी –  बैतडी जिल्ला दशरथ चन्द नगरपालिका वडा न. ३ दुर्गाभवानी बरकुरालि कन्सिना बस्ने नेपाली सेनाका अबकाश प्राप्त जमदार स्वर्गिय गणेश नाथ र आमा धनमाया नाथ ज्युका जुम्ल्याहा छोराहरु सहित चारओटै छोराहरु नरेश नाथ, राम नाथ, लक्षमण नाथ, दिलिप नाथ ले गौरवमय इतिहास बोकेको नेपाली सेनामा भर्ना भयी आफ्नो जिम्मेवारी बहन गर्दै आइरहेका छन ।
स्वर्गिय पिता अबकाश प्राप्त जमदार गणेश नाथ २०२८ सालमा भर्ना भयी २०५२ सालमा २४ बर्श सम्म नेपालि सेनामा रहनु भएको थियो भने छोराहरु क्रमश नरेश नाथले २०६२ साल र जुम्ल्याहा राम लछमणले ६९ साल र ७१ सालमा नेपाली सेनामा प्रबेस गरेका थिये त्यसैगरी चौथो भाइ दिलिप नाथ हालै नेपाली सेनाको प्राबिधिक अ्मलदार पदमा भर्ना भएर नेपाली सेनामा प्रबेश गरेका छ्न ।
तस्विर: नेपाली सेनामा कार्यर चार भाई
Sana Kishan
बैतडीकाे बरकुराली गाउँ ।
पश्चिम नेपाल एकीकरणमा बैतडीका राजाधिराज झुली चन्द र गाेर्खाली फौजबीच समझदारी गराई सहयोग गरेवाफत साे क्षेत्र(दुर्गाभवानी) विर्तामा प्राप्त गर्नुभएका बरमनाथ याेगीजस्ता महान राष्ट्रवादी युगपुरुषकाे जन्मभूमि हो बरकुराली । हाल दशरथचन्द नगरपालिकाकाे ३ नम्बर वडा अन्तर्गत पर्ने साे क्षेत्रमा अहिले बहुसंख्यक नाथजीहरुकाे बसाेबास रहेको छ ।
पश्चिमतिर नाथ, गिरि, पुरी, भारतीहरुकाे ब्राह्मणभन्दापनि उच्च सम्मान गरिदै आएकाे छ । एकीकरणताक पश्चिमी कमान्ड सम्हालेका महाराजा बहादुर शाहले बैतडी विजय पश्चात् बरमनाथ याेगीलाई साे ठाउँ विर्तामा बक्सिस दिएका थिए ।
आज त्यही ऐतिहासिक एवं पवित्र भूमिबाट अत्यन्तै हर्षकाे खबर सुनेर अल्हादित भएको छु । बरकुरालि कन्सिना बस्ने नेपाली सेनाका अबकाश प्राप्त जमदार स्वर्गीय गणेश नाथ र आमा धनमाया नाथ ज्यूका जुम्ल्याहा छोराहरु सहित चारभाइ छोराहरु नरेश, राम-लक्षमण र दिलिप नाथले नेपाल राष्ट्रकाे संस्थापक एवं गौरवमय इतिहास बोकेको संगठन नेपाली सेना प्रवेश गर्नुभएको छ ।
आफ्ना पुर्खा बरमनाथ याेगीले राष्ट्र निर्माणमा पुरयाउनुभएकाे याेगदानले उचाे भएको बरकुरालीका नाथजीहरुकाे शिर यि चारभाइहरुले नेपाली सेनामा भर्ना भएर अाफ्ना पुर्खाप्रति ठूलो सम्मान प्रकट गर्नुभएको अनुभूति भैरहेको छ । तपाईं चारैजना सपूतहरुप्रति मेरो पनि अगाध श्रद्धा र माया छ । पूज्यपाद ब्रह्मलीन तपाेनिष्ठ बरमनाथयाेगीज्यूमा शतशत नमन । -हेमबाबु लेखक
नेपाली सेनामा समर्पित मन छुने लेख:-
देशको माटो, सिमा र जनधनको रक्षार्थ गोर्खाली ईतिहास को विश्वमै फरक चिनारी छ,भाला, गुलेली र खुडा , तरवारले महिनौ सम्म नलापानीमा वीरता प्रदर्शन गरेका वीर विङगानाहरुको गाथाले हरेक नेपाली को शान फरक छ। पुर्वमा किल्ला काकडा पश्चिम टिष्टा , कुमाउ गडवाल सम्म गोर्खाली इतिहास को चर्चा र सम्मान ब्रिटिस कम्पनीले गरेको पाइन्छ, पश्चिम नेपालको कमाण्ड बागडोर नेतृत्व लिएका बहादुर शाहका सेना को कुमाउ गडवाल हानेर फर्किएका युद्धपोत सिपाही को विश्राम स्थलको योगदानी क्षेत्रको रुपमा बैतडी जिल्लाको साबिक दुर्गाभवानी गाविस को बरकुरालि भन्ने ठाउँमा करिब छ महिना जति बसोबास गरेको ईतिहास छ। युद्धका घाइते सिपाही को औषधोमुलो गरी रासन समेत ब्यवस्थापन गरेका यसै क्षेत्रकै नामी वैद्य श्री वरननाथ योगी सम्मान स्वरुप नेपाल सरकारले सनद (तिरो तिर्नु नपर्ने जग्गा जमिन )प्रदान गरेको इतिहास छ, यस क्षेत्रमा नाथ समुदाय बसोबास रहेको छ भने उनै वरननाथ का नाती पुतहरुको पनि पुर्ख्यौली वीरता र योगदानी खलक को निरन्तरता रहेको पाइन्छ, उनै वरननाथ का नाती कन्सना निवासी श्री स्व•गणेश नाथ जी पनि नेपाली सेना मै कटिवद्द थिए, उनका चारभाई छोराहरु क्रमश नरेश नाथ, राम नाथ ,लक्ष्मण नाथ र दिलिप नाथ नेपाली सेना मा सेवारत कटिवद्द रहेको खुसीको पलमा, नेपाल आमा र नेपाली जनताको सेवामा अनवरत पुर्खा को अनुशसरण , देशको माटो र जनताको सेवा मा डटेर लागेका नवयुवाहरुलाई उच्च सम्मान गर्दै उत्तरोत्तर प्रगतिको कामना सफल नेतृत्व को भुमिका निर्वाह होस्, जय देश, जय वरननाथ योगी पतृशरणम्।
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.