सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको दैजी–बेलडाँडी सडकमा दिउसै बाघ देखिँदै, सचेत रहन निकुञ्जको आग्रह

महेन्द्रनगर । कञ्चनपुरको दैजी बेलडाँडी सडक खण्डमा रहेको शुक्लाफाँटा निकुञ्जमा दिउँसै बाघ देखा पर्न थालेको छ । दैनिक जसो आवतजावत गर्ने यात्रुहरुले दिउँसो नै बाघ देख्न थालेपछि यात्रुहरु त्रसित बनेका छन् । दैनिक जसो दिउँसै सडकमा बाघ बस्ने र दुई बाघ एक आपसमा खेल्ने सडकबाट ओहोरदोहोर गरेको देखिएको खबर निकुञ्जमा आएको शुक्लाफाँटा राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले बताए ।

सडक खण्डमा आवत जावत गर्ने यात्रुहरुले पनि सुरक्षित भएर यात्रा गर्नुपर्ने उनले बताए । बनजंगल भनेको जनावरहरुको घर भएकाले जनावरहरु देखिने भए पनि सुरक्षित भएर एक्लै यात्रा नगर्ने र समुहमा जाने शुक्लाफाँटा राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जापुनले बताए । अहिले सम्म मानवीय क्षती नभएपनी उक्त सडकबाट आहोरदोहोर गर्दा सावधानी पुर्वक जानु पर्ने उनको भनाई छ । उक्त क्षेत्रमा निगरानी बडाएर बाघलाई सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउने बताए ।

Sana Kishan

प्राय जसो साईकलमा, हिडेर र मोटरसाईकलमा आवत जावत गर्ने यात्रुहरु बढी त्रसित भएको स्थानीय चेतन कुमार रायले बताए ।                                                                                                                                        मानसखण्ड बाट सभार 

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.