सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बस दुर्घटना हुँदा १३ घाइते, दुईको अवस्था गम्भीर !!

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नम्बर–७ स्थित खेस्टे खोलामा तीन वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ।

धादिङ बेशीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८९०४ नम्बरको बसलाई सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४४९१ नम्बरको बसले उछिन्ने क्रममा काठमाडौंबाट गोर्खा जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बससँग ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनाबाट घाइते भएका यात्रुहरूको स्थानीय स्वास्थ्य सेवा गल्छीमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। उनीहरुलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

दुर्घटनापछि केही बेर राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरी र स्थानीय बासीको सहयोगमा स्थानीय वर्कसपबाट क्रेन झिकाएर सवारी आवागमन सुचारु गराइएको गजुरी प्रहरीले जानकारी दिएको छ।

 

Dirghayu Ads

(annapurnapost.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.