सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन १६, २०७७
1 min read

बेसार जिन्जिबेरसी (श्ष्लनष्दभचबअभबभ) परिवारको एक कन्दमूल हो। यसको वनस्पातिक नाम ‘करक्यूमा लोगा’ हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ। विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ।

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
13
अनलाइनखबर

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
11

बेसारमा हुने ‘कुरकुमिन’नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो। यस रसायनमा विभिन्न औषधिय तत्त्व पाइन्छ। पौष्टिक तत्वहरूको रूपमा यस बेसारमा भिटामिन ‘ए’ १७५ प्रति सय ग्राममा, केही मात्रामा भिटामिन ‘बि’ ‘बि–२’,‘सि’र खाद्य ऊर्जा (क्यालोरी) ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ भनेका छन्। भने खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचुर मात्रामा पाइन्छ।

मसलाको समूहमध्ये अग्रपङ्क्तिमा आउने बेसार, लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैं भइरहने उपयोगी सामग्री हो । बेसारले हाम्रो भोजनलाई आकर्षक त अवश्य बनाउँछ तर यसको अलावा केही विशेष तत्वहरू पनि प्रदान गर्छ। बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन्।

वेसारको धुलो नेपालमा यसको खेती प्राचीन कालदेखि नै भएको पाइन्छ। आजकल बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणहरूको उत्तम श्रोतको रूपमा लिने गरेको पाइन्छ। चिनियाँ चिकित्सा पद्धतिमा बेसारलाई पर्याप्त मात्रामा प्रयोग गर्ने गरिन्छ, बेसारमा रहेको सङ्क्रमण हटाउने र घाउको जलन कम गर्ने विशेष तत्वले यसलाई औषधिको रूप दिएको हो।

आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन्। यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न यसलाई प्रभावकारी मानेका छन्भने अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जीले के प्रमाणित गरेका छन् भने बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पु¥याउने क्षतिसमेत कम हुन्छ।

क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदन अनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ। उक्त अनुसन्धान अन्तर्गत बेसार मुटु रोगले प्रभावित मुसालाई सेवन गराइएको थियो।

बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा र औषधिको रूपमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ। बेसारलाई हलेदो पनि भनिन्छ। यसको जरा आयुर्वेदीक ओखती बनाउनमा पनि प्रयोग गरिन्छ। नेपालको अधिकांस भुभागमा हलेदोको खेती गरेको पाइन्छ।

नेपालको पाखा पखेरामा त्यतिकै फल्ने बेसारको फाइदा बारे थाहा नपाउँदा कतिपय गुणबाट हामी अनभिज्ञ छौं । यो नेपाल मात्रै नभएर दक्षिण एसियामा निकै उपभोग गरिन्छ । बेसारका अनेकौ फाइदा छन्। बेसार त्यसै खाँदा तितो हुने खानाका परिकारलाई भने स्वादिलो बनाउँछ नै । हाम्रो शरिरलाई पनि त्यतिकै फाइदा पुग्छ ।

बेसारमा प्राकृतिक रुपमै एन्टी सेप्टिक र एन्टि ब्याक्टेरियल तत्वहरु हुन्छन्। जसले गर्दा यसलाई काटो घाउ, जलेको ठाउँ र घाउँमा लगाउन सकिन्छ। चिसो लागेको छ भने पनि बेसारले औसधीको काम गर्छ। मनतातो दुधमा बेसार मिसाएर राति पिउँदा यसले फाइदा गर्दछ।जानकारहरुले बेसारले रगत सफा गर्न र दुखाइ कम गर्ने औषधीको पनि काम गर्ने बताउँछन्।

केही अध्ययनहरुले त बेसारले अलजाइमर जस्ता रोगबाट बचाउने वा रोक्न सहयोग गर्ने बताएका छन्। यसै गरि बेसारले मेटाबोलिजम बढाउने समेत काम गर्दछ।बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो। सुन्निने समस्या भएको बेलामा यसको प्रयोग गरिन्छ। घुँडा सुन्निने तथा दुख्ने समस्यामा पनि बेसारको प्रयोग गरिन्छ।

धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान बेलुकी १÷१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीमा राखेर सेवन गर्दा यो निकै फाइदाजनक हुन्छ । राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १÷२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन।

सुख्खा खोकीको समस्या छ भने १ चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहान र वेलुका सेवन गर्नुहोस् । यसले २÷३ दिनमा नै सुख्खा खोकी निको हुन्छ।राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ।

ग्यास्टिकको समस्या भएर पेट दुखिरहन्छ भने १ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेटमा सेवन गर्नुहोस् । यसले केही दिनमा नै तपाईँको समस्या समाधान गर्न मद्दत पुर्याउनेछ । ५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २÷४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ।

बिहान बेलुका शुद्ध बेसार १ चम्चा खाने र घोटेर लेप बनाएर मनतातो पारी गलगाँडमा दिनदिनै लगाउने गरेमा ठीक हुन्छ तर धेरै पुरानो भए निको हुदैन।
हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान बेलुकी सेवन गरेमा ठिक हुन्छ।आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ ।

ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ।२ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि गारगल्कुल्ला दिनको २ पटक गरेमा ठीक हुन्छ।१ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ। बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ।

टन्सिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।गहुत (गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सख्खर हालेर नित्य बिहान्बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ।घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ।

घ्यू कुमारीको गुदी नित्य बिहानरबेलुका एकरएक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ।रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १र२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ।

मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहानरबेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ।
घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ।

 

 

(gnewsnepal बाट सभार)

 

सिफारिस

स्वास्थ्य

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
13
अनलाइनखबर
स्वास्थ्य

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
11
विचार

शिवशंकरको अर्थ – भगवान शिवसँग सम्बन्धित आनौठा रहस्य !!

बैशाख ८, २०७८
6
स्वास्थ्य

 हरियो केराउ खानुका १० फाइदाहरु !!

बैशाख ८, २०७८
9
स्वास्थ्य

दही खान बाट मिल्छ यस्ता समस्या बाट छुटकारा !!

बैशाख ८, २०७८
8
स्वास्थ्य

किन दुख्छ कान ? यसरी गर्नुहोस् घरेलु उपचार !!

बैशाख ८, २०७८
34
अर्को

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
8

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
13

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
13
अनलाइनखबर

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
11

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
7

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
28
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In