सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

बैतडीमा मृत चितुवा फेला परेको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ३ को बकजेवला भन्ने स्थानमा शनिबार मृत चितुवा फेला परेको वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिनुभएको छ ।

२ फिट उचाई र झण्डै ६ फिट लम्बाईको मृत चितुवा देखे पछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । आज बिहान प्रहरी टोली र डिभिजन वन कार्यालय बैतडीको टोलीले मृत चितुवालाई वन कार्यालयमा ल्याएको छ ।

Sana Kishan

बोलीचालीको भाषामा स्थानियहरुले बाघ भने पनी उक्त जनावर चितुवा भएको बताईएको छ । प्रहरी, पत्रकार, बन पदाधीकारीहरुको बैठक बसेर आजै मृत चितुवाको ब्यबस्थापन गरिने डिभिजन वन कार्यालय बैतडीका डिभिजन प्रमुख केशब पराजुलीले जानकारी दिनुभएको छ । घटनाको प्रकृति हेर्दा २ चितुवाहरु एक आपसमा लडेर मृत्यु भएको हुन सक्ने जस्तो देखिएको उहाँले बताउनुभएको छ ।

World Link Ads
Health Notice Kanchanpur

(रेडियो बैतडी बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.