सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भागरथी हत्याका आरोपीतमाथी अनुसन्धानका लागी ५दिन म्याद थप !!

बैतडीको दोगडाकेदार ७ चडेपानिकी १७ वर्षीया भागरथी भट्ट हत्याका अभियुक्तमाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिन म्याद पाएको छ । अनुसन्धानका लागि पहिलो र दोस्रो गरि १० दिन म्याद पाएको प्रहरीले तेस्रो पटक ५ दिन म्याद पाएको हो ।

आरोपित दिनेश भट्टमाथि अनुसन्धानगर्न अदालतले ५ दिन थप गरेको जनाएको छ । बलात्कारपछि हत्या गरेको अभियोगमा गत फागुन ४ गते पक्राउ परेका भट्ट विरुद्ध भागरथीका दाजु केशव भट्टले कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गराएकाछन् । दिनेश नाबालक भएकाले २१ दिनभित्र प्रहरीले अनुसन्धान सकेर अदालतमा पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथीको बलात्कारपछि हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा शव फेला परेको थियो । दिनेशको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा प्रहरीले दिनेशलाई सार्वजनिक गरिसकेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पक्राउ परेका उनले प्रहरीलाई दिएको बयानमा आफूले हत्या गरेको स्वीकार गरेका छन् । बलात्कारपछि हत्या गरिएकी भागरथीको शव १७ औँ दिनमा फागुन ७ गते अन्तिम संस्कार गरिएको थियो ।

 

Dirghayu Ads

 

 

 

 

(ninglashainionline बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.