सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पुदिनाको सेवन गर्नाले हुन्छन् यस्ता फाइदाहरु !!

पुदिना एउटा यस्तो कुरा हो जसको उपयोग नेपालमा पनि चटनीका लागि गरिन्छ । तर, यसका फाइदा अनेक छन् । यसले हामीले खाएको खानामात्र पचाउँदैन, पेटमा भएका विभिन्न रोगबाट मुक्ति दिन्छ ।

पुदिनामा मेन्थोल, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन ए, कपर, आइरनजस्ता तत्व पाइन्छ । पुदिना खाँदा वान्तालाई पनि रोक्न सकिन्छ र पेटमा भरिएको ग्यासलाई पनि सहज तरिकाले निकाल्न सकिन्छ । यसले हाम्रो घाँटीमा जमेको कफलाई बाहिर निकाल्न मात्र सहयोग गर्दैन, पसिना निकालेर शरीरमा भएको खराब तत्व पनि बाहिर निकाल्न सहयोग गर्छ ।

पुदिनाको सेवनाले सबैभन्दा फाइदा हाम्रो पेटलाई पुग्छ । पेटमा भएका विभिन्न समस्यालाई समाधान गर्न पुदिना निकै लाभदायी हुन्छ । मसलेदार खाना खाएपछि पुदिना सेवन गर्दा निकै फाइदा पुग्ने गर्छ । यसको सेवनले वान्ता हुनबाट पनि रोक्छ ।

World Link Ads
Health Notice Kanchanpur
Sana Kishan

हैजा लागेका व्यक्तिलाई पनि पुदिनाको रस र प्याजको रस मिसाएर दिँदा निकै फाइदा गर्छ । पुदिनालाई मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्दा घाँटीमा भएको समस्या हल हुन्छ, यसले आवाजलाई पनि प्रष्ट बनाउन सहयोग गर्छ ।तर, पुदिनाको सेवन अत्यधिक भने गर्नु हुँदैन । यसले हाम्रो आँतलाई समस्यामा पार्न सक्छ ।

 

 

 

 

(gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.