सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुरको वेदकोट नगरपालिकाको आठौ नगर सभा शनिवार सभा सम्पन्न

10
Sana Kishan

कञ्चनपुरको वेदकोट नगरपालिकाको आठौ नगर सभा शनिवार सभा सम्पन्न भएको छ । वेदकोट नगरपालिकाको आठौ नगर सभामा सर्वसम्मतिका साथ प्रस्तुत गरिएका विभिन्न एजेण्डाहरु अत्याधिक बहुमतले पारित भएका छन् ।

वेदकोट नगरपालिकाका नगर प्रवक्ता नरेश बहादुर सिहंले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार भुमि सम्बन्धी बजेट विनियोजन सम्बन्धी व्यवस्था मिलाउनका लागि गरिएको प्रस्ताव पारित भएको छ ।

Arus

त्यसैगरी स्थानीय वन ऐन बनाउने विषयमा, कर्मचारी सागंठनिक संरचना बनाउने सम्बन्धी व्यवस्था लगायतका प्रस्तावहरु नगरपालिकाको आठौ नगर सभामा पेश भएका र ती पारित भएका वेदकोट नगरपालिकाका नगर प्रवक्ता नरेश बहादुर सिहंले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

Nepali Khaja
Karnali Traders

साथै वेदकोट नगरपालिकाको आठौं नगर सभामा केही कर्मचारीहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा वेदकोट नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख हरीषा पाल, वेदकोट नगरपालिकाका सह लेखापाल दिपक राज जोशी र शिक्षा शाखा प्रमुख समेत रहनु भएका स्वर्गीय शंकरदत्त भट्ट रहेका छ्न ।

स्वर्गीय भट्टलाई मरणोपरान्त सम्मान गरिएको वेदकोट नगरपालिकाका नगर प्रवक्ता सिहले जानकारी दिनु भयो । वेदकोट नगरपालिकाको शिक्षा क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै शिक्षा शाखा प्रमुख समेत रहनु भएका स्वर्गीय शंकरदत्त भट्टलाई मरणोपरान्त सम्मान गरिएको हो ।

त्यसैगरी कोरोना महामारीका बेला स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै वेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरीषा पाललाई र कार्यसम्पादन मुल्यांकनका आधारमा वेदकोट नगरपालिकाका सह लेखापाल दिपक राज जोशीलाई वेदकोट नगरपालिकाले सम्मान गरेको हो । 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.