सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वदकोटमा कृषि सहकारीलाई जग्गा दान गर्ने विष्ट दम्पती सम्मानित

कञ्चनपुरको वदकोट नगरपालिका वडा नम्बर ८ बैजनाथ टोल निवासी नारायणसिंह विष्ट र श्रीमती धनादेवी विष्टले स्थानीय सहकारी संस्थाका लागि जग्गा दान गरेका छन् । विष्ट दम्पतीले श्री चुरेमुलपानी कृषि सहकारी संस्था लिमिटेडलाई आफ्नो १० धुर जमिन दान दिएका हुन् ।

शनिबार एक कार्यक्रम आयोजना गरी जग्गा दान गर्ने विष्ट दम्पतीलाई सहकारीले सम्मान गरेको छ । वेदकोट नगर प्रमुख असोक कुमार चन्दले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

संस्थाका अध्यक्ष देवसिंह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्थानीय बुद्धिजिवी तथा अखिल (छैठौं) का महासचिव महेशराज जोशीले गर्नुभएको थियो । कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दुर्गासिंह भण्डारी, सहकारीका व्यवस्थाक कृष्णदत्त जोशी र संचारकर्मी पुष्कर भट्टको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ग्रामिण विकास, यातायात, नयाँ बाटो खोल्ने सन्दर्भ राखि स्थानीयको तर्फबाट अखिल (छैठौं) का महासचिव महेशराज जोशीले नगर प्रमुख चन्दलाई ज्ञापन पत्रसमेत बुझाउनुभएको थियो । yugdarshan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.