सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भेट्छौ अनि छुट्टिन्छौ कुरा खास गर्दैनौ : धर्मानन्द भट्ट

भेट्छौ अनि छुट्टिन्छौ कुरा खास गर्दैनौ।
मैले भनेको पनि तिमीले विश्वास गर्दैनौ।

आशा पलाउने गरि कुरा कहिले गर्दैनौ,
र भन्छौ निरास भयौ किन आस गर्दैनौ?

जहिले खाली स्वार्थका कुरा गर्छौ मित्र,
कसरी बुझ्नु मैले तिमी बकबास गर्दैनौ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

भट्टिमा बसेर इतिहासको समिक्षा गर्छौ
कसरी भन्नू इतिहासको उपहास गर्दैनौ।

Dirghayu Ads

यस्तै गरिरहे कसले पत्याउँछ तिमीलाई,
कसले भन्छ र देशको सत्यानास गर्दैनौ?

तिमी हिडेको बाटो हेर्दा म भन्न सक्दिन,
आफ्नै कर्तुतको आफै पर्दाफास गर्दैनौ।
२०७७/११/१५ महेन्द्रनगर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.