सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘सरकारले अविश्वास प्रस्तावको डटेर सामना गर्छ, आउने परिणाम स्वीकार्छ’

काठमाण्डौ – उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिनुभएको छ ।

शुक्रबार नेकपा ओली पक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहलाई चुनौती दिनुभएको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओली संसद्को सर्वोच्चतालाई मान्छन् । केपी ओली संसद्को सर्वोच्चतालाई मानेर त्यहाँ सामना गर्छन् । तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याऊ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले । केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराको सामना गर्छन्, तिमी सबैले बुझ ।

Dirghayu Ads

Sana Kishan

म यहाँहरूलाई के भन्न चाहन्छु भने हामी त्यो कार्यान्वयन गर्छाैँ भनेको अर्थ के हो भने संसद् बोलाउने कुराको हामी प्रक्रियामा अगाडि बढ्छौँ, संसद्को सामना गर्छौँ । कसको हिम्मत छ ? अविश्वासको प्रस्ताव ल्याऊ, त्यसको डटेर हामी सामना गर्छौँ । त्यो अविश्वासको प्रस्तावको सामना गर्दा जे परिणाम हुन्छ, त्यसलाई स्वीकार गर्छौँ । यो सबैले बुझे हुन्छ ।’

उपप्रधानमन्त्री पोखरेलले केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पार्नुभयो । संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई ओलीले फेरि एक पटक प्रमाणित गर्ने उहाँको दाबी छ । सडकमा नारा लगाउँदैमा प्रधानमन्त्री ओली आफ्नो जिम्मेवारीबाट नपन्छिने नेता पोखरेलको दाबी छ ।

उहाँले भन्नुभयो, ‘केपी ओलीले बीचमै छोड्छन् कि, यस खालका कुराहरू तपाईँहरूलाई लागेको हुन सक्छ । म केपी ओलीको सरकारको टिमको एउटा जिम्मेवार मन्त्री भएको नाताले म तपाईँहरूलाई पूर्णजवाफदेहिताका साथ भन्न चाहान्छु । केपी ओली लोकतन्त्रमा विश्वास गर्ने, संस्थागत ढङ्गले, लोकतान्त्रिक ढङ्गले गरिएका अभ्यासहरूमा विश्वास गर्ने व्यक्ति भएको हुनाले संसद्को सामना गर्नुहुन्छ । संसद्को सामना गरेर नेपाली नागरिकसमक्ष आफ्नो लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई फेरि एक पटक प्रमाणित गर्नुहुन्छ । तर सडकमा नारा लगाउँदैमा केपी ओलीले आफ्नो जिम्मेवारीबाट कहिल्यै पनि पन्छिनु हुने छैन । यो म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु ।’

उपप्रधानमन्त्री पोखरेलले सबैभन्दा ठूलो फैसला दिने न्यायाधीशहरू नागरिक भएकाले आफूहरू नागरिकले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउनुभयो । सर्वोच्च अदालतको फैसलाले देशलाई दुर्भाग्यतिर जान प्रेरित गरेको, राजनीतिक अस्थिरता निम्त्याउने, आर्थिक समृद्धिमा बाधा पु¥याउने, अराजकतालाई बढावा दिने तथा देशको राष्ट्रियता र स्वाभिमानको पक्षलाई कमजोर बनाउने बताउनुभयो ।

त्यसैगरी, कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टी चुनाव अथवा सदनमा भिड्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई संसद् पुनर्स्थापना होस् या निर्वाचन होस्, हाम्रो टिम केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी र संस्था चुनाव भिड्न होस् या सदनमा भिड्न होस् हर क्षेत्रमा तयार छ । हर मोर्चामा लड्न तयार छ । हामी थाकेका छैनौँ । हामी आत्तिएका छैनौँ । हामी मात्तिएका छैनौँ ।’

मन्त्री रायमाझीले फेरि मध्यावधि चुनावमा जाने सम्भावना रहेको पनि दाबी गर्नुभयो ।उज्यालो

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.