सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

सामुदायीक प्रहरी सेवा केन्द्र गोठलापानी बैतडीले विद्यालय प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी राखेको छ । बिभिन्न सामाजिक अपराध र शान्ति सुरक्षाको बिषयमा अभिभावक तथा विद्यार्थीहरुलाई अवगत गराउँदै विद्यालयमा विद्यालय प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी रहेको बैतडीका प्रहरी निरिक्षक हरिशरण भट्टले जानकारी दिनुभयो ।

लागुऔषध नियन्त्रण, यौन हिँसा तथा, महिला हिँसा न्युनिकरण गर्ने , समाज र प्रहरी बिच रहेको दुुरि कायम नगर्न , समाजमा हुने हरेक प्ररकारका भेदभाव विरुद्ध सचेतना फैलाउने र समृद्ध र समुन्त समाज निर्माण गर्ने उदेश्यले जिल्ला अन्तरगतका विद्यालयमा प्रहरी सम्पर्क समिति गठन भइहरेको उहाँले बताउनुभयो ।

यस्तै शुक्रबार सोहि कार्यक्रम अनुसार दशरथचन्द नगरपालिका वडा नं २ को निङ्गलाशैनी माविमा विद्यलाय सम्पर्क समिति गठन गरिएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष , विद्यालयका प्रधानाध्यापक , शिक्षक वडाका जनप्रतिनिधि , देहीमाण्डौँ प्रहरीचौकीका प्रमुख उपेन्द्र तिम्लसेना विद्यार्थी र जिल्लाबाट आएका प्रहरीटोलीको उपस्थितिमा १४ सदस्यीय विद्यालय सम्पर्क समिति गठन गरिएको उहाँको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नजिकका प्रहरी चौकीहरुसगंको समन्वयमा शिक्षक अभिभावक र विद्यार्थीहरुको भेला गराएर सम्पर्क समिति गठन भइरहेको सामुदायीक प्रहरी सेवा केन्द्र गोठलापानीले जनाएको छ ।

महिला हिंसा, बालबालीकाहरु माथि हुने हिंसा, साईबर क्राईम लगायतका सामाजिक अपराध र कानुनी प्रकृयाको बारेमा अभिभावक तथा विद्यार्थीहरुलाई जानकारी गराएर अपराध न्युनिकरण गराउने प्रमुख उदेश्य रहेको निरिक्षक भट्टको भनाई छ । (रेडियो बैतडी बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.