सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

औषधि विभागका अधिकृत दुई लाख घुससहित पक्राउ !

विराटनगर : औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी घुसवापत लिएको दुई लाख रुपैयाँसहित बिहीबार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडि रहेको भट्टराई होटलबाट सुवेदीलाई पक्राउ गरेको हो ।

अख्तियार इटहरीका प्रवक्ता पुरुषोत्तम ढकालले सुवेदीलाई घुसवापत रकम लिँदै गर्दा दिउँसो ४ बजेतिर रंगेहात पक्राउ गरिएको जानकारी दिए । मोरङको उर्लाबारी नगरपालिका–५ घर भएका २४ वर्षीय सुवेदी विभागको करारमा कार्यरत थिए ।

World Link Ads
Mahakali Polytechnic

तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मोराहाङमा समृद्धि फर्मा नामक औषधि पसल सञ्चालन गरेर बसेका औषधि व्यवसायीसँग दुई लाख रुपैयाँ घुस लिएका हुन् । औषधि पसलमा उपचार गराएका एक पुरुषको गत वैशाख ५ गते मृत्यु भएको थियो ।

Sana Kishan

त्यसपछि विभागको निर्देशनमा प्रहरीले पक्राउ गर्दै उनीविरुद्ध उपचारको कसूरमा कारबाही अघि बढाएको थियो । औषधि सञ्चालकले अनुसन्धानका क्रममा २६ दिन प्रहरी हिरासतमा बस्नु परेको थियो । उनीविरुद्ध चलाइएको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमले औषधि व्यवस्था विभागसँग राय मागेपछि विभागका कर्मचारीले घुस माग्न थालेको अख्तियारले जनाएको छ ।

विभागको निर्देशनमा गत भदौ ५ गते औषधि पसल पनि सिल गरिएको थियो । मुद्दा विचाराधिन अवस्थामै छ भने सिल गरिएको पसल पनि बन्द नै छ । पसलको चाबी राखेर विभागले सञ्चालकलाई तारेखमा राखेको थियो ।

चाबी फिर्ता गर्दै सिल रहेको औषधि पसल खुला गरिदिने र वकिलले माग गरेको राय पनि जेल नपर्ने हिसाबले दिने भन्दै आफूसँग विभागका कर्मचारीले घुसको बार्गेनिङ थालेको सञ्चालकको भनाइ छ ।’

 

 

(किशोर बुढाथोकीले annapurnapost.com मा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.