सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै !!

बैतडीमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै गएका छन । गत विगतमा श्रीमति पिडीत पुरुष अदालतमा देख्न नमिल्ने भए पनि नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका मुद्दा लिएर पुरुष पनि जिल्ला अदातल जानथालेका हुन ।
देवानी सहिँताले महिला पुरुष दुवैले अदालत जाने बाटो खुला गरेपछि मुद्धाहरु बढ्नथालेका बताइएको छ । गत आर्थिक वर्ष २०७६÷७७मा सम्बन्ध विच्छेदका १३ ओटा मुद्धा परेकोकोमा आर्थिक वर्ष २०७७÷७८ को साउन महिना देखि हाल सम्म १६ ओटा मुद्धा दर्ता भएका छन् ।
जसमध्ये गत वर्ष फ्रच्यौट हुन नसकि नामसरि आएका ६ र आर्थिक वर्षका ९ ओटा मुद्धा रहेका छन्। गत वर्षका १३ ओटा मुद्धा मध्ये ७ ओटा मुद्धाहरु फच्यौट भइसकेका छन भने गत वर्ष फच्यौट हुन नसकी आएका मध्ये ६ र चालु वर्षको साउन देखि माघ मसान्त सम्मका ९ ओटा मुद्धा फच्यौट हुन बाँकि रहेको जिल्ला अदालत बैतडीका नायव सुब्बा ईश्वरी पाण्डेले जानकारी दिनुभयो ।
बैतडीको सन्दर्भमा यो सङख्याको मुद्धाहरु बढ्नुभनेको समाजिक चेतनाको विकास नभएको उल्लेख गर्दै नायव सुब्बा ईश्वरी पाण्डेल भरण पोष्णका लागि भाग हिस्सा नदिएका ,कुट पिट गरेका , खानलाउन नदिएका र अपहेलना तथा यातना दिएको जस्ता प्रकृतिकानै बढि मुद्धा आउने गरेका बताउनुभएको छ ।
कानुनले स्थानयितहमा उपाध्यक्ष तथा उप्रमुखको संयोजकत्वमा गठनगरिएको न्यायीक समितिलाइ पनि सम्बन्ध विच्छेदका मुद्धा मेलमेलाप गर्ने अधिकार दिएको भएपनि कानुनि अज्ञानताका काराण फ्रच्र्यौट हुन नसकेर पीडीत पक्षहरु अदालतनै धाउने गरेका पाटन नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक सरस्वति कोलीले जानकारी दिनुभयो ।

 

Sana Kishan

 

 

 

World Link Ads
Mahakali Polytechnic

(भुबि बिष्टले radio7star मा लेखेका छन्)

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.