सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुराको अजयमेरू स्थित विकट क्षेत्र बिजुल सडक सञ्जालसँग जोडियो !

डडेल्धुरा : डडेल्धुराको अजयमेरू गाउँपालिका–४ बिजुल सडक सञ्जालसँग जोडिएको छ। गाउँपालिकाको विकट क्षेत्रको रूपमा चिनिने यो क्षेत्र बैतडीको सिमासँग जोडिएको छ।

सडक सञ्जालले बस्तीलाई जोड्ने गाउँपालिकाको अभियानअन्तर्गत अनारखोली देवल सडकको दुदपोखरिबाट–बिजुल पुगेको सडकको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बुधबर उद्घाटन गरे।

सडक उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष भट्टले वडाभित्रका बस्तीमा सडक सञ्जालको विस्तार, मर्मतमा प्राथमिकता दिएको बताए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनले सडक सञ्जालसँगै शिक्षा, स्वास्थ्य, सामाजिक कार्यमा पनि गाउँपालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताए।

गाउँपालिकाको आफ्नै डोजरले बिजुलसम्मको सडक काटिएको हो। करीब १६ घरधुरी रहेको गाउँका बासिन्दालाई सडक सञ्जालले जोडिएपछि आवतजावतमा सहज हुने भएको छ। सडक उद्घाटन गर्न पुगेका जनप्रतिनिधि तथा कर्मचारीलाई स्थानीयले फूल मालाले स्वागत गरेका थिए।

(unitykhabar.com बाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.