सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीका घाटहरु नखुल्दा तल्लोसोराडबासी लाई समस्या !

141
Sana Kishan

बैतडी-   बैतडीको तल्लोसोराड क्षेत्रमा सिमानदि महाकालिका घाटहरु नखुल्दा आवतजावतमा समस्या भएको छ । बिगतमा डुंगाबाट ओहोर–दोहोर गर्ने उक्त घाटहरु नखुलेपछि स्थानियबासिले दैनिक उपभोग्य सामग्री महंगोमा खरिद गर्नुपरेको छ ।

पञ्चेस्वर स्थीत डिम्बरघाट, धर्मघाट, ढोयाघाट, बलाराघाट लगायतका घाटहरु बन्दहुदाँ समस्या भएको पञ्चेस्वर २का स्थानिय पदमसिंह मंगोलाले बताउनुभयो । कोरोना भाइरसको प्रकोप सुरु भएकाबेला गत २०७६ चैत महिनादेखि बन्द भएका घाटहरु अझै नखुलेपनि ट्यूवबाट भने ओहोरदोहोर भैरहेको उहाँले बताउनुभयो ।

Arus

यसरी ट्यूवबाट महंगो भाडा तिरेर मान्छेले ओहोरदोहोर गरेपनि सामान ढुवानीका लागी भने समस्या भएको उहाँले छ । यसकासाथै महाकालि नदिमा डुंगा चलाएर दैनिक छाकटार्ने ब्यक्तिहरु मारमा परेको डुंगा चालक नैनसिंह मंगोलाले बताउनुभयो ।

Karnali Traders

कोरोना भाइरस बिरुद्धको खोप बनेसंगै भारतसंगका अरु सिमानाका खुलेपनि ग्रामिण दुर्गम क्षेत्रका नखुल्दा स्थानियबासिलाई दैनिक उपभोग्य बस्तु खरिदका लागी समस्या भएको पञ्चेस्वरकै स्थानिय रमेश चन्दले बताउनुभयो ।

उपभोग्य सामानकालागी आफुहरु भारतीय बजारमा आश्रीत रहेकोमा हाल भारत जान नपाउदाँ दोब्बर महंगोमा सामान किन्न बाध्य भएको उहाँले बताउनुभयो ।

यी घाटहरु खोल्ने बिषयमा सरकारले कुनैपनि निर्णय नगरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोसीले बताउनुभयो । बैतडीका बिभिन्न स्थानिय तहसंग जोडीएका उक्त घाटहरु बैधानिक नभएकाले सरकारले कुनै निर्णय नगरेको उहाँले बताउनुभयो ।

 

(ninglashainionline.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.