सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला मालपोत कार्यालय बैतडीमा भु–सेवा केन्द्र संञ्चालन हुने

बैतडी–फागुन १२÷ मालपोत कार्यालय बैतडीमा भु–सेवा केन्द्र संञ्चालन हुने भएको छ । भुमी ब्यबस्थापन तथा अभिलेख बिभागको निर्णय अनुसार भु–सेवा केन्द्र संञ्चालनका लागी प्रकृया अगाडी बढेको छ । विभागले भू–सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६ अनुसार केन्द्र स्थापनाको लागि सूचना जारी गरेपछि प्रकृया अगाडी बढाएको मालपोत कार्यालय बैतडीका सुचना अधिकारी अनिल चन्दले जानकारी दिनुभएको छ ।

सुचना जारी गर्दै केन्द्र सञ्चालनका लागी आबेदन दिन आग्रह गरिएको उहाँको भनाई छ । जग्गा सम्बन्धीको कारोबार कागज रहित बनाउने उदेश्यले सरकारले मालपोत कार्यालयमा भु–सेवा केन्द्र संञ्चालनमा ल्याउने निति लिएको छ । केन्द्र संचालनमा आए पछि सेवाग्राहीको सम्पुर्ण बिबरण अनलाईनमा अपलोड गरिने र घरमै बसेर पनी जग्गा सम्बन्धीको कारोबार गर्न सकिने छ । अनलाईनबाटै सेवा दिन सकिने भए पछि मालपोत कार्यालयमा भिडभाड कम हुने अपेक्षा गरिएको छ । केन्द्र स्थानिय सरकार, व्यक्ति वा संस्थाले सञ्चालन गर्न सक्नेछन ।

Sana Kishan

सेवा केन्द्रमा काम गर्न चाहने व्यक्तिले मान्याता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उर्तिण गरेको हनु पर्नेछ । यस्तै ६ महिनाको कम्युटर ट्रेनिङ र ५० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । संस्थाको हकमा कर चुक्ता प्रमाणपत्र र २ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ । भू–सेवा केन्द्रको अनुमति चाहेजति व्यक्ति वा संस्थाले लिन सक्ने छन । मापदण्ड पुरा गरेपछि मालपोत कार्यालयमा अनुमतिका लागि निवेदन दिनुपर्नेछ । निवेदन उपर कार्यालयले अध्ययन गरि अनुमति दिने नदिने निर्णय गर्छ । लाइसेन्स प्राप्त व्यक्ति वा संस्थालाई कार्यालयले युजर नेम र पासवर्ड प्रदान गरेपछि सोही आधारमा सेवा केन्द्रले अनलाइन लेखापढिको अधिकार प्राप्त गर्नेछन

World Link Ads
Mahakali Polytechnic

(रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.