तपाईं उपचारको लागि कुनै चिकित्सककहाँ पुग्नु भयो भने उसले पहिला तपाईको कुरा सुन्दै नोट गर्छ । त्यसपछि परिक्षणको लागि मुख बाउन लगाउँछ र जिब्रो बाहिर निकाल्न भन्छ । अनि टर्च लाइट बालेर जिब्रोलाई राम्रोसँग नियाल्छ ।
टाउको, पेट दुखेको होस् या शरिरमा अन्य समस्या नै किन नहोस । चिकित्सकले जिब्रोको अवस्था हेर्न छुटाउँदैन । तपाईंले कहिल्यै सोच्नुभएको छ कि चिकित्सकले किन जिब्रोलाई यति धेरै महत्व दिन्छन् ?
जिब्रोको अर्को पाटो
जिब्रो पाँच ज्ञानेन्द्री यमध्येको एक हो । जिब्रोको काम शब्दको ऊच्चारणमा सहयोग गर्ने, बोल्ने र खानेकुराको स्वाद छुट्टयाऊने मात्र होइन । जिब्रोले स्वास्थ्य समस्याको बारेमा पनि संकेत दिने गर्छ ।
जिब्रोको अवस्था हेरेर सजिलोसँग स्वास्थ्य समस्याबारे थाहा पाउन सकिन्छ । जिब्रोलाई पेटको दर्पणको रुपमा पनि लिइन्छ । यसले पाचनसम्बन्धी समस्यालाई प्रतिबिम्बित गर्नुका साथै पाचन प्रणालीको गडबडी र अन्य खरावीलाई पनि देखाउने गर्छ ।
प्राचिनकालमा बैद्य अर्थात आयुर्वेदिक फिजिसियनहरुले जिब्रो, नाडि, हात र खुट्टाका नङ तथा कपालको परिक्षण गरी गम्भीर रोग पनि पत्ता लगाउँथे । यसरी नै उनीहरुले क्षयरोग, मस्तिष्क रोग, छारे रोग, पेट सम्बन्धी रोगको सफल उपचार पनि गर्थे ।
विरामीले झुटो बोलेर रोग लुकाउन खोजे पनि जिब्रोमा हुने परिवर्तनले यसलाई लुकाउन दिँदैन । यद्यपि एलोप्याथिक औषधिको सेवन गरिरहेको वा कुनै जडिबुटीको सेवन गरिरहेको अवस्थामा पनि जिब्रोको रङ परिवर्तन हुन सक्छ ।
अहिले पनि आधुनिक चिकित्सा (एलोप्याथिक) ले भने रोग निदानको उद्देश्य बाहेक बिरामीको जिब्रोलाई त्यति महत्व दिँदैन, जति आयुर्वेदिक, होमियोप्याथिक र युनानीमा दिइन्छ । तर, होमियोप्याथिक चिकित्सकलाई बिरामीको जिब्रोले महत्वपुर्ण जानकारी दिने गर्छ । यसकै सहायताले चिकित्सकले औषधिको निर्देश पत्र लेख्छ ।
रोगअनुसार जिब्रोमा परिवर्तन
जिब्रो मोटो, पहेँलो तथा किनारमा दाँतका निशानहरु देखिन्छन् भने त्यस्ता व्यक्तिमा रगतको निकै कमी भएको हुन सक्छ । त्यस्तै, जिब्रोमा देखिने कालो दागले ऊच्च रक्तचापको समस्या भएको जनाउ दिन्छ ।
अपचले गर्दा पित्त बढेर टाउको दुख्नुका साथै आँखाको दृष्टि क्षमतामा पनि समस्या सृजना गर्छ । पेटमा भएको बायुविकारले मुटुको धड्कनलाई बढाउने, छातीमा दुखाई हुने गर्छ । यस्ता समस्याको संकेत जिब्रोमा सहजै देख्न सकिन्छ । त्यति मात्र नभएर जिब्रोले अंगहरुले गरिरहेको कामबारे पनि जानकारी दिन्छ ।
अर्द्ध पक्षधात भएमा जिब्रोको अघिको भाग सुक्ने गर्छ । त्यस्तै, पहेँलो र चिल्लो जिब्रोले रगतसम्बन्धि बिकारलाई इंगित गर्छ ।
जिव्रो निलो छ भने मुटुसम्बन्धि (ईमप्युअर अक्सिजन) समस्या भएको थाहा लाग्छ । मानिसको मन, शरिर, भावनासमेत पाचन प्रणालीबाट प्रभावित भएको हुन्छ । जस्तो कि हाइपरएसिडिटी प्रायः ब्यक्तिको तनावसँग जेडिएको हुन्छ । त्यसैले जिब्रोले पूर्ण शरिरलाई नै वताउने गर्छ ।
यदि पेटको माथिल्लो भाग दुखिरहेको छ भने त्यस्ता व्यक्तिको जिब्रोमा चमक देखिन्छ । त्यस्तै, जिब्रोमा चिनीका मसिना कणजस्ता चम्किला थोप्लाको निशान छ भने पेटमा जुका परेको हुन सक्छ । जिब्रोका केही अवस्थाले ब्यक्तिको शरिरमा रहेको मात्र नभएर सम्भावित रोगबारे भबिष्यबाणी पनि गर्न सकिन्छ । डढेको जस्तो, रातो, कालो वा सेतो रंगको जिब्रोलाई मुखमा किटाणुको संक्रमण भएको लक्षणका रुपमा लिईन्छ ।
त्यस्तै, एलर्जि भएमा जिब्रो सुनिने गर्छ । लामो समयसम्म एन्टिबायोटिक औषधिको प्रयोग तथा एचआईभी (एड्स) बाट संक्रमित भएका मानिसको मुखमा ढुस्सी (फगंस) को संक्रमण हुने गर्छ । यस्ता व्यक्तिको जिब्रो कालो र रगंहिन हुन्छ ।
जिब्रोको सतहमा लामा र गहिरा धर्साहरु (चिरा) भएमा भिरंगी (सिफिलिस) जस्ता यौन रोग लागेको पनि हुन सक्छ । त्यस्तै, जिब्रोमा पटक(पटक घाउ भएमा त्यो पेटको जटिल रोग (क्रोनिक डिजिज) को लक्षण हो ।
जिब्रोले राम्रोसँग स्वाद थाहा नपाउने समस्या भएमा भिटामिन बी १२ र फलाम तत्वको कमी र रक्तअल्पता भएको भएको शंका गर्नुपर्छ । ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको(पेट दुख्नेजस्ता समस्या पनि मानिसको जिब्रो हेरेरै पत्ता लगाउन सकिन्छ ।
जिब्रोको कुन भाग कुन अंगसँग जोडिन्छ ?
एउटा स्वस्थ व्यक्तिको जिब्रोको रङ गुलाबी, सफा र पातलो हुने गर्छ । र, यस्तो जिब्रो स(साना टुस्सा (प्यापिलि) ले भरिएको हुन्छ । आयुर्वदिक चिकित्साअनुसार जिब्रोको विभिन्न भागले फरक(फरक अंगबारे जानकारी दिने गर्छ ।
जिब्रोको सतहले मेरुदण्ड, दाहिने र देब्रे छेउको भागले मिर्गौला, सतहदेखि माथिको भागले आन्ऽा, अगाडिको भागले अग्नाशय र त्यसभन्दा अछिको भागले पेटको अवस्थालाई देखाउँछ । बिच छेउको भागले दाहिने फियो र देब्रे कलेजोलाई संकेत गर्छ । र, अगाडिको दुबै छेउले दाहिने र देब्रे खुट्टालाई जनाउने गर्छ ।
त्यस्तै त्यही भागको बीचभागले मुटुलाई प्रतिविम्ब गर्छ । त्यसैले ऐनामा जिब्रो हेरेर आफैं पनि आफ्नो स्वास्थ्यअवस्थाको बारेमा जानकारी राख्न सकिन्छ । स(साना बालबालिका, लाटा, बहिरा र नबुझ्ने भाषा भएका विरामीहरुलाई जिब्रो हेरेरै औषधी लेख्न सकिन्छ ।
हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छौ पढ्नुहोला
गर्मी बढे सँगसँगै रोगहरू पनि बढ्छ, गर्मीयाममा लाग्ने रोगबारे जानी राखौं !
दूषित पानी र बासी, सडेगलेको खानाले झाडापखाला लाग्छ । विशेषगरी गर्मी समयमा यसका ब्याक्टेरिया सक्रिय हुन थाल्छन् । तर, चिसो मौसम नै भएको भान पर्न गई जथाभावी पानी पिउँदा तथा बासी तथा सडेगलेको खाँदा झाडापखालाले सताउने गर्छ ।
गर्मी मौसम बढे संगै सबैभन्दा बढी झाडापखालाका बिरामी आउने गरेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले बताए । झाडापखालाले मानिसलाई जलवियोजन गराई रोग प्रतिरोधात्मक क्षमतामा समेत असर गर्ने उनको भनाइ छ ।
यदि खानेकुरामा ध्यान नदिने हो भने आउँ पर्नेसम्मको समस्या उत्पन्न हुन्छ । ‘अहिलेसम्मको रिपार्ट हेर्दा जाडोबाट गर्मी सुरु हुने समयमा झाडापखालाका बिरामी बढी आएको पाएका छाँै ।’ उनले भने ‘त्यसका साथै आउँको समस्या पनि देखिएको छ ।
झाडापखाला लक्षण
धेरै तिर्खा लाग्ने,
छटपटी हुने
आँखा गढेको देखिने पेटको छाला तानेर हेर्दा हतपत नफर्किने
बच्चाले झोल पदार्थ पिउनमा समस्या
बच्चा बेहोससम्म हुन सक्ने
दुई हप्ताभन्दा लामो समयसम्म झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला (क्रोनिक डायरिया) भनिन्छ । त्यसमा चिकित्सकको
सल्लाह लिएर औषधि खुवाउनुपर्छ ।
हेपाटाइटिस ए र ई (जन्डिस)
जाडो महिना सकिएर गर्मी सुरु हुँदा देखिने अर्को रोग भनेको हेपाटाइटिस ए र ईको समस्या हो । ए प्रत्येक वर्ष देखिइरहन्छ भने हेपाटाइटिस ई पनि केही वर्षको अन्तरमा स्थान विशेषमा देखिने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । यी दुवै हेपाटाइटिसका कारण जन्डिस हुन सक्छ ।
जन्डिसले कलेजोलाई असर पार्छ । गर्भवती महिलालाई जन्डिस भएमा सबैभन्दा बढी खतरा मानिन्छ । कलेजो रोग विशेषज्ञ प्रा.डा. अनिल मिश्रका अनुसार शरीरमा हुने पहेँलोपनको मात्रा बढ्नु नै जन्डिस हो । पहेँलोपना बढ्ने कलेजोभित्र र कलेजोबाहिर लाग्ने रोगले गर्दा हो ।
कलेजोबाहिर पित्तको नलीमा केही खराबी भयो भने त्यो बाहिरको जन्डिस हो । त्यसलाई सर्जिकल जन्डिस भनिन्छ । कलेजोभित्र हुने जन्डिसलाई मेडिकल जन्डिस भनिन्छ । दूषित पानी सेवनका कारण जन्डिस लाग्ने मिश्र बताउँछन् ।
हेपाटाइटिस ए र ई (जन्डिस) लक्षण
शरीर पहँलो हुँदै जाने,
वाकवाकी लाग्ने,
खान मन नलाग्ने,
दायाँ कोखा भारी हुँदै जानेजस्ता लक्षण देखा पर्छन् ।
टाइफाइड
दूषित पानी र खानपानमा हुने असरका कारण देखिने अर्को रोग भनेको टाइफाइड हो । जहाँ पायो त्यहाँको पानी नउमाली पिउने, सहरका गल्लीमा बनाइएका खाना जथाभावी खाने र सफा पानीले नपखाली फलफूल खाने गर्दा टाइफाइडको सम्भावना धबढी हुन्छ ।
असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्छ । आन्द्रामा ज्वरो आउने समस्याका कारण टाइफाइड हुने हुँदा यसलाई ‘आन्द्राबाट आउने ज्वरो’ पनि भनिन्छ ।
टाइफाइडका लक्षण
ज्वरो आउने
जिउ दुख्ने
पेट दुख्ने
दुई हप्ता कटेपछि कलेजो, फियो बढ्ने कडा खालको टाइफाइड भएर लामो समयसम्म रहेमा आन्द्रालाई प्वाल पार्ने सम्भावना रहन्छ ।
गर्मीमा उपयोगी ६ तरकारीहरु
गर्मीमा खास किसिमका तरकारीको सेवन गर्दा पनि शरिरलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ । यहाँ हामीले त्यस्तै केहि तरकारीहरुको सूचि तयार पारेका छौँ जसको सेवनले गर्मीमा फाइदा पुर्याउँछ ।
१. लौका
लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ ।
क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।
२. प्याज
गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ ।
यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यो मौसममा काचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा खान सकिन्छ ।
३. करेला
स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ । यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ ।
करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।
४. हरियो सिमी
हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ ।
पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ ।
५. फर्सी
फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।
६. गोलभेंडा
दिनुहँ एउटा गोलभेंडा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।
तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।
(urlabarinews.com बाट साभार)