नेपालकै पहिलाे र अग्रणी जिवनबिमा कम्पनी नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनि लिमिटेडले फागुन १० गते स्थापनाकाे ३४ औ बार्षिकाेत्सव मनाएकाे छ।
नेशनल लाईफ ईन्स्याेरेन्स महेन्द्रनगर शाखाले कर्मचारी तथा अभिकर्ताको उपस्थितिमा ३४औ बार्षिकाेत्सव कार्यक्रम शुभकामना आदानप्रदान गरि मनाएकाे छ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४ औं वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना दिदै महेन्द्रनगर शाखाका शाखा प्रमुख नबिन किशोर भट्टले नेशनल लाइफ इन्सोरेन्स कम्पनि निजि क्षेत्रको सबै भन्दा पुरानो र अग्रणी जिवन बिमा कम्पनि रहेको जानकारी दिदै यस कम्पनीका सम्पूर्ण वीमित महानुभावहरु , अभिकर्ता वर्ग, कर्मचारी साथीहरु एवं यस कम्पनीका शुभेच्छुक सम्पूर्ण महानुभावहरुमा अटुट माया र विश्वास को लागि हार्दिक आभार व्यक्त गर्नु भयो।