सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भागरथी भट्टको बलात्कार–हत्याका आरोपित माथी ५ दिन म्याद थपगरि अनुसन्धान हुदैँ !

76
Sana Kishan

बैतडी ११ फागुन–
बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ७ चडेपानिकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपितमाथि अनुसन्धान गर्न ५दिनको म्याद थप गरिएको छ । घटनाका आरोपित दिनेश भट्टमाथि अनुसन्धान गर्न यसअघि ५दिनकालागी थपिएको म्याद हिजो सकिएपछि फेरी सोमबार अदालतबाट म्याद थप गरिएको हो । भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका भट्टलाई प्रहरीले यसअघि गत बुधबारनै सार्वजनिक गरिसकेको छ । आरोपित किशोर नाबालक भएकाले २१ दिनभित्र अनुसन्धान सकेर प्रहरीले उनलाई अदालतमा पेश गर्नुपर्ने व्यवस्था छ ।

Karnali Traders

गत माघ २१ गते दोगडाकेदार ७की भागरथी भट्ट बिद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएपछि माघ २२गते बलात्कारपछि हत्या गरिएको अवस्थामा लवलेक जंगलमा शव भेटिएको थियो । उनको बलात्कार पछि हत्या गरेको आरोपमा उनका भाई नातापर्ने दिनेश भट्टलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । आरोपीत दिनेशले आफैले बलात्कारपछि हत्या गरेको प्रहरी र सरकारी वकिल समक्ष स्वीकार गरिसकेकाछन् ।

 

 

Arus

(रेडियो निङ्गलाशैनीबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.