सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्थाको पहिलो सेवा केन्द्र लालपुरमा !

69
Sana Kishan

कञ्चनपुर : चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्थाले वेदकोट नगरपालिका– ९ लालपुरमा पहिलो सेवा केन्द्र स्थापना गरेको छ ।

उक्त सेवा केन्द्रको उद्घाटन वडा नं. ९ वडा अध्यक्ष राम सिंह धामी र नेफÞस्कुनका संचालक माधबप्रशाद जोशीले संयुक्त रुपमा गर्नु भएको हो । यस संस्था २०६९ चैत १२ गते स्थापना भएको हो । बेदकोट नगरपालिका भर कार्यक्षेत्र भएको सहकारीको मुख्य कार्यालय दैजीमा रहेको छ ।

Arus

मुख्य कार्यालयबाट सबै क्षेत्रमा सेवा प्रवाह गर्न कठिनाई भएको हुँदा लालपुरमा सेवा केन्द्र खोलिएको संस्थाका अध्यक्ष लोकबहादुर पातलीले जानकारी दिनुभयो ।

Karnali Traders

सेवा केन्द्र उद्घाटनमा वडा अध्यक्ष धामीले संस्थाले छोटो समयमा उल्लेखनिय कार्य गरेको र सबै क्षेत्रलाई समेटेर जान सुझाव दिनु भयो । संस्थाका सचिव धर्मराज जोशीले लालपुर सेवा केन्द्र स्थापना सँगै अब संस्थाको ध्यान नगरपालिका पुरै समेट्ने रहेको जानकारी गराउनु भयो । यसै गरी अन्य सहकारी संस्था हरूलाई समेटेर मर्जÞको नीतिमा जाने र संस्थाको दायरा बढाउने समेत बताऊनुभयो ।

सदस्यमा बचत गर्ने बानीको बिकासका लागी विभिन्न किसिमका बचत योजना ल्याएको र त्यसको कार्यान्वयनका लागी सहकारी सिक्षा कार्यक्रम समेत अगाढी बढाउने जानकारी समेत सचिव जोशीले बताऊनुभयो ।

(सहकारी खबरबाट साभार)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.