हेर्नू थियो त्यो लुकाएर आयौ।
नहेर्नु थियो जे फुकाएर आयौ।
गएथ्यौ हुरुक्कै गरि त्यो जवानी
गएको पो मुल्य चुकाएर आयौ।
भयो गल्ती पक्कै केही तिमीबाट
नभए किन शीर झुकाएर आयौ।
के के भयो कुन्नी सम्झौता तिम्रो
छोडेर आयौ कि ढुकाएर आयौ।
इज्जत भएको भए पो त चिन्ता
जलायौ र आगो धुकाएर आयौ।
भन्यौ खै तिमीले प्रेमी हूँ तिम्रो
फुल त्यो गुलाफ सुकाएर आयौ।