सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनेरास्ववियू बैतडीद्वारा व्यवस्थीत शव गृह, शव वाहन र ब्लड बैँक सञ्चालनको माग !

114
Sana Kishan

बैतडी, फागुन ११- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू बैतडीले जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ब्लड बैँक स्थापन , व्यवस्थीत शव गृह र शव वाहन सञ्चालनको माग गर्दै अनेरास्ववियूले प्रशासन कार्यालय र जिल्ला अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको हो । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी शिब राज जोशी र जिल्ला अस्पताल बैतडीका प्रमुख बसन्त राज जोशीलाई ध्यानाकषर्ण पत्र बुझाएको वली निकट अनेरास्ववियूका केन्द्रीय सदस्य दिनेश राज भट्टले जानकारी दिनुभयो ।

स्थापनाकाल देखि अहिले सम्म महत्वपूर्ण र अनिवार्य आवश्यकताको रुपमा रहेको ब्लड बैँक, व्यवस्थीत शब गृह र शव वाहन अहिले सम्म सञ्चालनमा नआउनु दुःखदको भएको भन्दै अनेरास्ववियू बैतडीले आपत्ति जनाएको छ । ब्लड बैँक स्थापन र शब वाहान सञ्चालनका लागि सरकारले बजेट बिनियोजन गर्दा समेत व्यवस्था नहुनुमा आपत्ति प्रकट गर्दै अनेरास्ववियूले सञ्चालनमा नआउनुको कारण समेत मागेको छ ।

Arus

छिटो भन्दा छिटो समेत ब्लड बैँक स्थापना, व्यवस्थीत शव गृह र शव वाहनको व्यवस्था गरि जनताको जनजिविका र जनरक्षालाई सहज बनाउनका लागि सम्बनधीत निकाय संग आग्ह गर्दछौ यदि फेरी पनि लापरबाही गरेर अनेरास्ववियू बैतडी कडा प्रतिवाद गर्ने अनेरास्ववियूका जिल्ला संयोजक ,सन्तोष राना र सह संयोजक नरेन्द्र सावद द्वारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

Karnali Traders

बैतडीमा ब्लड बैँक नहुँदा बिरामिले नेपाली सेना र नेपालप्रहरीकै भर पर्नुे परेको छ । यस्तै शबवाहन नहुँदा नागरिकहरुले निजि सवारिसाधानको प्रयोग, निजि सवारि साधनहरुले समेत शव लैजान नमान्ने गरेपछि नागरिकहरु झनै समस्यामा पर्ने गरेका छन् । व्यवस्थीत शब गृह नहुँदाको पीडा पनि बैतडीका नागरिकहरुले खेप्दै आएका छन् ।

 

(रेडियो बैतडीबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.