सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नर बहादुर धामीले भने– विकासको लागि छिटो कुद्ने घोडा मै हुँ !

36
Sana Kishan

महेन्द्रनगर ।
विघटित प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले आफूलाई विकासका लागि तल्लिन रहेको जनप्रतिनिधिका रुपमा चिन्न जनताहरुलाई अपिल गरेका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट निर्वाचित नेता धामीले आसन्न मध्यावधी चुनावमा उम्मेदवार भएमा आफूलाई सहयोग गर्न अपिल गरेका हुन ।

Arus
Karnali Traders

उनको आफू विकासको लागि ‘छिटो कुद्ने घोडा’ जस्तो भएको दाबी समेत गरे । ‘भोली चुनाव होला अथवा अन्य कुरा पनि होला । चुनाव हुने स्थित भयो र त्यो बेला पार्टीले मलाई उम्मेदवार बनाए छ भने । छिटो कुद्ने घोडाको रुपमा चिनिदिनु होला । त्यही हिसाबले विश्वास र सहयोग गरिदिन होला भन्ने अपिल गर्न चाहन्छुँ ।’ नेता धामीले भने, ‘अन्यथा दाना बढि खाने, देख्दा मोटोे खाटो तर काम गर्दा एक फिट अगाडि बढ्न नसक्ने र दाना मात्रै बढि चाहिने घोडा चाहिन्छ भने त्यही रोज्नु होला मेरो भन्नु केही छैन् ।’

आफू सांसद नरहे पनि जनताकोबिचमा बोलेका कुरा पुरा गर्न जीवन प्रयन्त लागि रहने उने प्रतिवद्धता व्यक्त गरे । ‘विकासका निम्ति टाप कस्नु पर्छ, भनेको बेला यहाँहरुको आवाज सम्बन्धित ठाउँमा राख्नु पर्छ भने यहाँहरुले चिनि राख्नु होला । विश्वास गरिराख्नु होला भन्ने अपिल गर्दछुँ ।’ धामीले भने । दैनिक सञ्चार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.